तिलाका ३० गाउँ छाउगोठ मुक्त «

तिलाका ३० गाउँ छाउगोठ मुक्त

जुम्ला – यहाँको तिला गाउँपालिकाका ३० वटा गाउँ छाउगोठ मुक्त घोषणा भएका छन् । तिला गाउँपालिकाका ९ वटा वडा भित्र ३२ वटा बस्ती रहेका छन् । चालू आर्थिक वर्षभित्र गाउँपालिकालाई नै छाउगोठ मुक्त गरिने तयारीका साथ तिलाका ३० गाउँ छाउगोठमुक्त घोषणा भइसकेका हुन् ।
तिला गाउँपालिकालाई निकट भविष्यमै छाउगोठ मुक्त घोषणा गर्ने तयारी अनुसार गैरसरकारी निकाय सर्वोदय नेपाल तिला गाउँपालिकाको समन्वयमा ३० गाउँ छाउगोठ मुक्त घोषणा भएको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।
उलने भनिन्,“स्वयम महिलाहरु नै अग्रसर भएकोले छाउगोठ मुक्त अभियान सफल भएको छ । रासा मालापानी, सुडी,पोख्री, रारा लिही, घोडे, जुम्लाकोट, पुरुलागतयका ३० गाउँ छाउगोठ मुक्त घोषणा गर्न सफल भयौ । अब थापागाउँ र लुम्सेरा भने बाँकी छन् । चाँडै घोषणा गर्छांै ।”
जिल्लाकै पहिलो छाउगोठ मुक्त पालिका घोषणा गर्ने तयारी अनुसार महिला, धामीझाँक्री स्वयम् अभियानमा सक्रिय भएकोले सहज भएको उपाध्यक्ष बुढाको भनाइ छ ।
उपाध्यक्ष बुढाका अनुसार छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो । महिला सशक्तीकरण, लैंगिक समानता र विभेद अन्त्यका लागि छाउगोठमुक्त अभियान कोसेढुंगा सावित हुने आशा गरिएको छ ।
तिलाका ३० गाउँका करिब ९ सय ५६ घरधुरीका ३ हजार ५ सय १२ जना महिलाहरु छाउ भएको समयमा घरमै बस्ने गरेको पाइएको छ । सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले भने,“हजारौंको संख्यामा ग्रामिण महिला छाउ भएको बेला घरमै बस्न थालेका छन् । २ हजार २ सय ८२ जना पुरुषले छुइ भएको समयमा घरमै बसाल्ने सहमति गरेका छन् । समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छाउगोठ मुक्त अभियान थालिएको थालेका छांै ।”
लुम्सेरा र थापा गाउँ भने छाउगोठमुक्त घोषणा हुन बाँकी रहेका छन् । त्यसपछि तिला गाउँपालिकालाई जिल्लाकै पहिलो छुईगोठ मुक्त घोषणा गरिनेछ ।
यसअघि पनि जुम्लामा छाउगोठ मुक्तको महाअभियान सञ्चालन भएको थियो । ग्रामिण महिलाहरुमा जागरण फैलाएपछि छाउप्रथा विरुद स्वयम महिलाहरुनै शसक्त भएर जुटेका हुन् ।
सरकारले बनाएको छाउपडी निर्देशिका २०६४ लाई आधार बनाएर गाउँमा छुइगोक्त मुक्त अभियान चलेको थियो । सर्वाेदय नेपालले स्थानीय सरकार संग समन्वय गरेर तिला र पातारासी गाउँपालिकामा छाउगोठ मुक्त अभियान सञ्चालन गरिएको छ ।

छुइगोठ मुक्त घोषणा गर्नुपहिले गाउँगाउँमा पुगेर धामीझाँक्रीसँग सुझाव संकलन स्थानीय अगुवा, महिला बुद्धिजीवी, शिक्षक, शिक्षिका, युवा स्वास्थ्यकर्मी, विद्यार्थीहरुको बीचमा छाउ स्थानीय लछुमा बस्नेतले भनिन्, “शिक्षा जनचेताकै कारण आफु माथि भएको अन्याय विरुद्ध वकालत गर्न सकेका थिएनौ । तर सर्वोदय नेपालको शसक्तिकरण र स्थानीय सरकारको समन्वयले छाउप्रथाविरुद्ध बोल्न सक्षम भएका छौं । छाउ भएको समयमा सरसफाइ गरेर सुरक्षित तवरले घरमै बस्न ज्ञान मिलेको छ ।”
गोठमा बलत्कारको शिकार, आगोमा जल्ने, गाईवस्तुको फोहोरमा बस्नुले स्वास्थ्यमा असर पर्ने भएकाले सबै महिलालाई छाउ भएको बेला घरमै सुरक्षित बस्न समेत उनको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस्