नेवानिलाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह «

नेवानिलाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन आग्रह गरेका छन् । युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको सिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपालका वायुयान कम्पनीलाई कालो सूचीबाट हटाउन आग्रह गरेका हुन् ।
मन्त्री आलेको आग्रहपछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए । उनले भने, “वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरा सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।” उक्त छलफका क्रममा दुई पक्षिय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्