Logo

भू–उपयोग नियमावली निर्माण अन्तिम चरणमा

सरकारले भू–उपभोग नियमवाली निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । कृषि योग्य जमिन र किसानको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने गरी भू–उपयोग नियमवाली निर्माण गर्न लागिएको हो ।
भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन् ।
मन्त्री श्रेष्ठले भू–उपयोग नियमावली आएपछि खेती योग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेकी छिन् । “भू–उपयोग नीति अनुसार कृषि योग्य जमिन र किसानको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीति अनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेका छौ,” उनले भनिन्, “भूमिहिन दलित, सुकुुम्वासी र उपत्यकाभित्र रहेका सुकुम्बासीको समस्या समाधान गर्न आफूूले पहल सुरु पनि गरिसकेका छौं ।”

प्रतिक्रिया दिनुहोस्