Logo

भाडादर वृद्धि गर्न माग

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको कारण नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भाडादर समायोजन गर्न माग गरेको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका छन् । महासङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।
“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घबिच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । महासङ्घले चाडपर्वको सेरोफेरोमा डिजेलमा रु १०४ बाट रु १५ बढाएर रु ११९ पु-याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्