ठेकेदार र प्राविधिकलाई सर्वोत्तम सिमेन्टको अभिमुखीकरण

सर्वोत्तम सिमेन्टले निर्माणकर्तालाई तालिम दिएको छ । सिन्धुपाल्चोक र काभ्रेका प्राविधिक भेटघाट कार्यक्रम गर्दै कम्पनीले जिल्लाका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक सिमेन्ट प्रयोग र उपयोगिताका बारेमा तालिम दिएको हो ।
कम्पनीका प्रोजेक्ट प्रमुख इन्जिनियर अभिषेक झाले ओपीसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेड र यसका उपयोगिता र प्राविधिक विशेषताबारे जानकारी गराएको बताए । साथै, घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रूपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रूपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत कम हुन्छ भन्ने बारेमा पनि जानकारी गराइएको थियो ।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाकाअनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वोत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्ट रहेका छन् ।