बिमा समितिको नयाँ निर्देशिका खारेज गर्न माग «

बिमा समितिको नयाँ निर्देशिका खारेज गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल निर्माण व्यवसायी महासंघले बिमा समितिले जारी गरेको मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्योरेन्स बिजनेस सम्बन्धी नयाँ निर्देशिका खारेज गर्न माग गरेको छ ।
तीनवटै संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी सरोकारवाला निकायसँग छलफल नगरी आफूखुशी ३० गुणासम्म प्रिमियम वृद्धि गरेकोमा आपत्ति जनाउँदै यसले व्यवसायिक लागत बढाउने दाबी गरेका छन् ।
गत ६ असोजमा बिमा समितिले सो निर्देशिका जारी गरेको थियो । खर्बौ खर्ब लगानी गरेका निजी क्षेत्रहरुलाई समेत थाहा नदिई निर्जीवन बिमा कम्पनीहरुको प्रभावमा परेर निर्देशन जारी गरिएकाले यसको पछाडी दुषित मनसाय रहेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिमा छानबिन गरी दोषीलाई कारवाही गर्न अर्थमन्त्रीलाई आग्रह समेत गरिएको छ ।
समितिले हालै जारी गरेको निर्देशनमा बिमित बिमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बिमितिले बिमकबाट बिमा वापतको दाबी भुक्तानी नपाई रहेको अवस्थामा अबका दिनमा प्रिमियम मात्रै तिर्नुपर्ने तर दाबी भुक्तानी नपाउने कारण दुवै पक्षबीचमा थप बैमनश्यता बढाउने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्