ज्योतिलाईफका सञ्चालक अग्रवाल उपाध्यक्षमा निर्वाचित «

ज्योतिलाईफका सञ्चालक अग्रवाल उपाध्यक्षमा निर्वाचित

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका सञ्चालक जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवाल उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली रहेको कम्पनीले दावी गरेको छ ।
अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्तीपछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् । राउण्ड टेबल संसारको ६८ देशमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवालाई सक्रियबनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्