दैलेखमा कृषिमा व्यवसायीक बनाइँदै «

दैलेखमा कृषिमा व्यवसायीक बनाइँदै

दैलेख – कोरोना महामारीले वैदेशिक रोजगारी गुमेका तथा अन्य कोरोना प्रभावित कृषक समुहका सदस्यलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलापको थालनी गरिएको छ । यहाँको एक गैर सरकारी संस्थाको पहलमा दैलेखका दुई स्थानीय तहका प्रभावित स्थानमा कृषक समुह गठन गरी कृषक समुहका सदस्यलाई व्यवसायीक रुपमा कृषिमा आत्मर्निभर वनाउने कामको थालनी गरिएको हो ।
वैदेशिक रोजगारी गुमेर कामविहीन बनेका युवालई कृषिमा प्रोत्साहित गर्दै आत्मनिर्भर गराउन विभिन्न कृषि सम्बन्धि प्राविधिक सल्लाह तथा कृषि बिउविजन औजार उपकरण सहयोग गरिएको जनाइएको छ । वैदेशिक रोजगारीले घर परिवारको खर्च तथा जोहो गर्दै आएका दैलेखका केही युवाहरुलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम अगाडि सारिएको सोसेक नेपाल दैलेखले जनाएको छ । दैलेखका दुल्लु नगरपालिका र आठविस नगरपालिकाका ४२ कृषलाई कृषिमा आत्मनिर्भर गराउन विभिन्न कृषि सामग्री तथा बिउ विजन सहयोग गरिएको कार्यक्रम संयोजक पुस्करप्रसाद शर्माले बताए ।
दुल्लु नगरपालिकाका २० र आठविस नगरपालिकाका २२ कृषक समुहका प्रत्येक सदस्यलाई तरकारी खेतीका लागि जैविक विषाधी बनाउन प्रयोग गरिने उपकरण, सिँचाइ पाइप, पलाष्टिक घरलगायत विभिन्न जातका बिउ विजन वितरण गरिएको छ ।
सोसेक नेपालको सहयोग तथा युरोपियन यूनियन डिसिए, कार्यक्रको साझेदारीमा साकार परियोजना अन्तरगत दुल्लु नगरपालिका १ मा जनचेतना कृषक समुह गठन गरी १५ क्विनटल आलुको बिउ पोलीहाउस थोपा सिँचाइ, मलचिङ प्लाष्टिक ड्रमलगायत सामग्री सहयोग गरिएको छ । त्यस्तै मालिका कृषि समुहलाई १५ क्विनटल आलुको बिउ लगायत कृषि सामग्री सहयोग गरिएको कृषि प्राविधिक संगम विष्टले बताइन् । त्यस्तै पिपल चौतारी कृषि समुहलाई २५० किलो आलुको बिउ, भण्डारी टोल कृषि समुहलाई १० वटा प्लाष्टिक घर, १० सेट थोपा सिँचाइलगायत जैविक विषाधी बनाउन प्रयोग गरिने उपकरण, सिँचाइ पाइप, प्लाष्टिक घर लगायत विभिन्न जातका बिउ विजन वितरण गरिएको प्राविधिक विष्टले बताइन् ।

प्रतिक्रिया दिनुहोस्