नबिल बैंक र परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

नबिल बैंकले नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमसँग महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ– वूमन लिडरसिप फोरम सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको उपस्थित रहेको कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरु उपस्थित थिए ।
नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले जनाएको छ । बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।