नेवानि नहोस् खाने बानी «

नेवानि नहोस् खाने बानी

१ जुलाई, १९५८ मा स्थापना भएको तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि) लाई ०६२/६३ को दोस्रो जनआन्दोलनपछि नाम फेरेर नेपाल वायुसेवा निगम (नेवानि) बनाइएको हो । हुन त आझै पनि अधिकांश मानिसले नयाँ नाम नेवानिभन्दा पनि पुरानो नाम शानेवानिकै रूपमा चिन्छन् ।
नेपाली आकाशमा संस्थागत रूपले व्यावसायिक रूपमा विमान अर्थात् हवाईजहाज भित्रिएको इतिहास हेर्दा शानेवानिले आफ्नो स्थापनाको लगत्तै २६ सिट क्षमताको डग्लस (डीसी–३) डकोटा भिœयाएको देखिन्छ । सो विमानले नै नेपालमा हवाई यात्रुहरूलाई नियमित रूपमा व्यावसायिक सेवा दिन सुरु गरेको थियो । यसरी तत्कालीन शानेवानिले व्यावसायिक रूपमा उडान सुरु गरेलगत्तै आफ्नो विमान संख्या पनि बढाउँदै लग्यो । फलतः २६ सिट क्षमताको डग्लस (डीसी–३) डकोटा भिœयाएको लगभग तीन वर्षपछि दोस्रो विमानका रूपमा सन् १९६१ मा पिलाटस पोर्टर (पीसी–६) भिœयाएको थियो । त्यस्तै तेस्रो विमानका रूपमा आफ्नो स्थापनाको लगभग ५ वर्षपछि सन् १९६३ मा १२ सिट क्षमताको फोङ शु हार्भेस्टर (एएन–२) ल्याएको थियो, जुन विमान चिनियाँ विमान थियो भने यो विमानको छोटो समय अर्थात् सन् १९६५ सम्म मात्रै चल्यो ।
यसरी तत्कालीन शानेवानिको इतिहास हेर्दा सन् १९६६ मा चौथो विमानका रूपमा ४४ सिट क्षमताको फोकर (एफ–२७) ल्याएको थियो । त्यस्तै पाँचौं विमानका रूपमा सन् १९७० मा ४४ सिट क्षमताकै हकर सिड्ले (एचएस–७४८) एभ्रो भिœयाएको थियो । यसरी व्यावसायिक उडान विस्तार गर्ने र विमान थप्ने क्रममा सन् १९७१ मा त्यो बेला पहाडी रुटमा निकै चल्तीमा रहेको १९ सिट क्षमताको ट्विनअटर विमान पनि भित्रियो । यही विमान भिœयाएपछि नै हालको नेवानिले नेपालका धेरै पहाडी जिल्लामा आफ्नो सेवा विस्तार गरेको हो । त्यसो त विश्वमा विमान उडानको निकै लामो इतिहास भइसक्दा पनि नेपालमा बोइङ युग आएको थिएन । तर, विश्व इतिहासमा विमान उडानको धेरै लामो समयपछि सन् १९७२ मा नेपालमा पनि बोइङ युगको सुरुवात भयो । किनभने, नेवानिले आफ्नो स्थापनाको लगभग १४ वर्षमा ठूलो आकारको वा भनौं त्यो बेलासम्म धेरै यात्रु बोक्ने क्षमता भएको बोइङ विमान पनि भिœयायो ।
यसरी लगभग ६१ वर्षको इतिहास भएको नेवानिमा बीचको समयमा धेरै राम्रो प्रगति गर्दै गएको थियो । तर, दुःखको कुरो, सन् १९८९/९० को पहिलो जनआन्दोलनसँगै तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि) मा अधोगति सुरु भयो । अर्थात् निगमसँग भएका विमान बेचेर भाडामा लिने प्रचलनको सुरुवात भयो । त्यस क्रममा धमिजा काण्ड, लाउडा काण्ड, चेज एयर काण्डलगायत अनेकौं काण्ड भए, हालको नेवानिमा ।
पछिल्लो पटक नेवानिले किनेको दुइवटा वाइड बडी अर्थात् एयरबसका बारेमा अनेक टीकाटिप्पणी, छानबिन, प्रचारबाजी, भ्रष्टाचार भए/नभएको भनी मिडिया र राजनीतिक दलमा चर्चा–परिचर्चा चलिरहेको छ । खासगरी नेवानिले किनेको दुईवटा वाइड बडी अर्थात् एयरबस किन्ने क्रममा व्यापक भ्रष्टाचार भएको, खरिद प्रक्रिया नमिलेको, विमान किन्न नक्कली कम्पनी खडा गरेको लगायत विषयमा नेपाली मिडियामा अनेक टीकाटिप्पणी र समाचार आएपछि संघीय सरकारअन्तर्गत रहेको संसदीय उपसमितिले पछिल्लो पटक छानबिन गर्यो । यसरी संसदीय उपसमितिले छानबिन गर्ने क्रममा वाइड बडी जहाज खरिद गर्ने क्रममा चार अर्ब भन्दा बढी भ्रष्टाचार भएको भनी आफ्नो अध्ययन–प्रतिवेदन सार्वजनिक गर्यो । सो क्रममा वाइड बडी खरिद काण्डमा को–को दोषी हुन् त ? भनी सम्भावित दोषी र संलग्न व्यक्तिहरूको नामसमेत किटान गर्यो ।
त्यसैले अबका दिनमा हालको नेपाल वायुसेवा निगम (नेवानि) लाई नेवानिकै रूपमा राख्न पहल गरांै । त्यति मात्र होइन, नेवानिले कसरी आर्थिक उन्नति र प्रगति गर्न सक्छ ? त्यसका लागि जिम्मेवार र तालुकवालाहरूले के के गर्नु पर्छ ? त्यसतर्पm सोचौं । नेवानिमा तालुकवाला जो आए पनि उनीहरूले नेवानिलाई खाने बानीमा परिणत नगरून् ! भन्ने कामना गरौं ।
–निनाम कुलुङ ‘मंगले

प्रतिक्रिया दिनुहोस्