बाढीपीडितलाई भारतीय महावाणिज्य दूतावासद्वारा राहत सामग्री वितरण «

बाढीपीडितलाई भारतीय महावाणिज्य दूतावासद्वारा राहत सामग्री वितरण

वीरगन्ज – पर्साका बाढी तथा डुबान पीडितलाई भारत सरकारको तर्फबाट वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासले राहत सामग्री वितरण गरेको छ ।
भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेशकुमार र प्रतिनिधिसभा सदस्य एवं नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले बुधबार संयुक्त रूपमा पर्साको जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करिब एकसय बाढी पीडितलाई एउटा पाल र एउटा सुत्ने म्याट हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएको राहत सामग्रीमा ठूलो आकारको टेन्ट, पारिवारिक टेन्ट (एकल फ्लाई), पारिवारिक टेन्ट (डबल फ्लाई), प्लास्टिकको पाना र सुत्ने म्याट प्रदेश २ को तराईका जिल्लाहरुमा बाढी प्रभावित परिवारहरु लाई वितरण गरिएको भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत नितेश कुमारले बताए ।
यसवर्ष आएको बाढी र जनधनको क्षतिलाई ध्यानमा राखेर स्थानीय प्रशासनसँग समन्वय गरी प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा राहत वितरण गरिने महावाणिज्यदूतावासले जनाएको छ । राहत वितरण भारत सरकारको नियमित मानवीय सहायता र नेपाल–भारत सहयोग अन्तर्गत नेपाललाई विपदमा परेको आपतकालिन सहयोगका एक हिस्सा भएको नितेश कुमारले बताए ।

प्रतिक्रिया दिनुहोस्