अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु «

अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु भएको छ ।
त्रिभवन राजपथअन्तर्गत चिसापानी धारानजिकै सोमबार बिहान पहिरो जाँदा करिब दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।
अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए । अविरल वर्षासँगै सो सडकखण्डमा आइतबार बिहान ८ बजेतिर र सोमबार बिहान पनि करिब साढे ५ बजेतिर पहिरो गएको थियो ।
पहिरोका कारण करिब दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरूले सास्ती बेहोर्नु परेको थियो ।
प्रहरी निरीक्षक थापाले अव सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए ।
उनले भने, “बिहान ५ बजेतिर पहिरो गयो । सात बजेतिर वान वे बाटो खुलायौंं । अहिले सडक पूर्णरुपमा सुचारु भएको छ । अब पहिरोले असर नगर्ला ।”
सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम काम भइरहेको छ । पहिरो निरन्तर गइरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुले सास्ती बेहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्