बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री «

बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद्को बैठक राखेर मन्त्रीहरुलाई लामो समयदेखि गरेको सहयोगबापत धन्यवाद दिँदै पदबाट राजीनामा घोषणा गरेका थिए ।
उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरिएको छ । बागमती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य नियुक्त भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्