घरैमाथि विद्युत्को तार, गाउँमा सधैं अन्धकार

घरमाथिबाट विद्युत्को तार गएको छ, तर घरमा मट्टितेलबाट बत्ती बालेर गुजारा चलाउनु परेको छ । हुने खानेहरूले सोलारबाट घरमा बत्ती बाल्ने गरेका छन्, तर नहुने उही टुकीको भरमा ।
त्यो गाउँ पहिले रामपुर गाविसमा पथ्र्याे, अहिले घोराही उपमहानगरपालिकामा परेको छ । उपमहानगरपालिकामा विकासका पूर्वाधार पुग्नु पर्ने भए पनि उक्त गाउँ अहिले पनि सडक सञ्जालसँग जोडिन सकेको छैन । विकासका नाममा एउटा प्राविसम्मको विद्यालय भए पनि अन्य कुनै विकासको अनुभव गर्ने केही नभएको गाउँ हो क्रमाकोट । क्रमाकोट घोराही उपमहानगरपालिका–१ अन्तर्गत पर्दछ । आप्mनो गाउँ घोराही उपमहानगरपालिकाभित्र पर्ने गरे पनि आपूmहरूलाई नगरवासी भएको कुनै अनुभूति नहुने गरेको क्रमाकोट निवासी हिराबहादुर बुढा बताउँछन् । “गाउँमा राम्रोसँग साँझ बिहान खाने पानी पाइँदैन, न हिँड्नलाई बाटो नै छ नँ बाल्नलाई बिजुली छ,” उनले भने, “नाममात्रको नगरवासी भएर के गर्नु, गाडी देख्नलाई दुई घण्टा हिँड्नुपर्छ ।” राज्यलाई कर तिर्नमात्र हाम्रो ठाउँलाई उपमहानगरपालिका बनाएको उनको गुनासो छ । चुनावका समयमा नेताहरू हामीले चुनाव जितेपछि सडक, विद्युत्, स्वास्थ्य, खानेपानी पुरायाई दिन्छौँ भन्ने गरे पनि चुनाव सकिएपछि कुनै नेताहरू गाउँमा नर्फकने गरेको उनको गुनासो छ ।
गाउँमा रहेको विद्यालयको स्तरवृद्धिसँगै मोटरबाटो पुगे केही राहत हुने स्थानीयवासीको आशा छ । “हामी विकट क्षेत्रका बासिन्दा हौं, छोराछोरीलाई पढाउन नि मुस्किल छ,” उनले भने, “अलिकति पैसा हुनेले छोराछोरीलाई डेरा गराए कसैले घोराहीतिर त कसैले रामपुरमै पढाउँछन् हामीले कसरी पढाउनु ।” पहाडी क्षेत्र भएकाले अलिअलि कमाएको घरखर्चमा सिद्धिन्छ छोराछोरीलाई डेरा गराएर पढाउने सक्ने अवस्था छैन । उनले भने, “आजभोलि त खानेपानी गाउँमै आउने गरेको छ, तर फागुनदेखि जेठ अन्त्यसम्म एक गाग्री पानी लिन बिहान भरि कुर्नुपर्छ ।” खानेपानीको भरपर्दाे माध्यम नहँुदा बर्सेनि करिब ३० घर गाउँलेले समस्या भोग्दै आएको उनी बताउँछन् ।
त्यसैगरी बालबच्चालाई पढाउनसमेत समस्या भएको स्थानीयको गुनासो छ । आपूmले नपढे पनि पढ्नुपर्छ भन्ने भएकाले नजिकमा विद्यालय नहुँदा छोराछोरीलाई पढ्न पठाउन पनि छोराछोरी घर नआउँदासम्म सधैं जगजगी हुने गरेको स्थानीय वसन्ती घर्तीले बताइन् ।
रामपुरसँगै हर्नोक काउलेबाट मोटर बाटो ल्याउन सकिने भए पनि नेताहरूले ध्यान नदिँदा आपूmहरू सधैं विकट गाउँवासी हुनु परेको स्थानीय लोकबहादुर घर्तीले बताए । “पहाडी क्षेत्र भएकाले यहाँ मकै, गहुँको भर पर्नुपर्छ, चामल किन्न बजार जानुपर्ने बाध्यता छ,” उनले भने, “नगरवासी हौं भनेर मात्र के गर्ने ।” साँझ बिहान खानलाई समेत बाहिरकै भर पर्नुपर्ने बाध्यता रहेको घर्तीले बताए । “गाउँसम्म मोटर बाटो छैन, बजार गएर घर खर्चका लागि केही ल्याउँ भने पनि दुई घण्टा हिँड्नुपर्छ,” उनले दुःखेसो पोखे । नगरवासी भएको अनुभूति जग्गाको पोत तिर्दा मात्र थाहा भएको उनी बताउँछन् । सामान्य टाउको दुख्दासमेत औषधि गर्न कि हर्नाेक नत्र रामपुर वा घोराही धाउनु पर्ने बाध्यता छ ।