जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ, वडाध्यक्ष अझै फरार «

जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ, वडाध्यक्ष अझै फरार

जुम्ला -दलित युवामाथि जातीय विभेद गर्ने वडाध्यक्षका छोरा पक्राउ परेका छन् । जुम्लाको सिंजा गाउँपालिका–६ का अध्यक्ष कालीबहादुर बुढाका छोरा नवीन बुढा पक्राउ परेका हुन् । वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढाले सोही गाउँ कै दलित युवा विवेन्द्र नेपालीमाथि वडा कार्यालय मै जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढाका छोरा नवीन बुढा पक्राउ परेका हुन् ।
यसअघि पीडित विवेन्द्र नेपालीले असार २५ गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएर पक्राउ पुर्जी जारी भएको करिब तीन हप्तापछि प्रहरीले वडाध्यक्षका छोरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक यौवनकुमार चौधरीले बताए ।
सोमबार ४ बजे वडाध्यक्षका छोरा पक्राउ परेको र कहाँ कसरी पक्राउ परेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरी निरिक्षक चौधरीले थप जानकारी दिन मानेनन् । उनका अनुसार छोरा पक्राउ भएपनि वडाध्यक्ष अझै फरार रहेको र खोजी कार्य जारी रहेको छ ।
यता पीडित विवेन्द्र नेपालीले लामो समयको प्रयासपछि आफूलाई जातीय विभेद गर्ने व्यक्ति पक्राउ परेको भन्दै खुसी व्यक्त गरे । अहिले सिंजास्थित आफ्नै घरमा रहेका नेपाली अझै पनि वडा अध्यक्षलाई पक्राउ गर्नुपर्ने बताए । उनले आफू गाउँमा गएपछि वडा अध्यक्ष भागेको समेत बताएका छन् । वडा अध्यक्षलाई प्रहरीले निरन्तर खोजी कार्य जारी राखेको बताइएको छ ।
सुुरुवातमा प्रहरीले जाती विभेदको जाहेरी दर्ता गर्न मानेको थिएन् । तर, दलित युवा, दलित अधिकारकर्मी र मिडियाको दबाबले जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ता भएर पक्राउ पुर्जि जारी भएको करिब एक महिनापछि दोषी पक्राउ भएका हुन् । यद्यपि वडाध्यक्ष अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्