सामाजिक सुरक्षा कोषमा आवद्धता स्वेच्छिक बनाउन आदेश «

सामाजिक सुरक्षा कोषमा आवद्धता स्वेच्छिक बनाउन आदेश


सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषयलाई स्वेच्छिक बनाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि कोषमा आवद्धताको विषय स्वएच्छिक राख्न आदेश दिएको हो ।
कोषले चैत २७ गते सूचना जारी गर्दै २०७८ असार मसान्तसम्ममा अनिवार्य रुपमा सूचीचकरण हुन तथा कर्मचारीको सञ्चय र उपदान कोषको रकम जम्मा गर्न निर्देशन दिएसँगे बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित भएका थिए ।
माछापुच्छ«े बैंक कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठसहित ६५ कर्मचारीहरुले असार संयुक्त रुपमा दायर गरेको रिटमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक सुरक्षा कोषलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।
हाल बैंकहरुले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषका आवद्ध हुनुका साथै केहि बैंकहरु आफैंले पनि अवकास कोष सञ्चालन गर्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा हाल आवद्ध कोषहरुबाट पाइरहेको सेवा सुविधा समेत घट्ने भएपछि बैंकका कर्मचारीहरुले विरोध गर्दै आएका छन् ।
उनीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने विषय एच्छिक हुनुपर्ने, हाल आवद्ध कोषबाट खाइपाइ आएको सुविधा नघट्ने ग्यारेन्टी हुनुपर्ने, एकमुष्ट रकम निकाल्न पाउनुपर्नेलगायतका माग राख्दै आएका छन् ।
कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा हाल आवद्ध भएको कोषबाट पाएको सेवा सुविधा कटौती नहुने ग्यारेन्टी गर्नुपर्ने, कोषमा आवद्ध हुनुअघिको सञ्चय कोष र उपदानबापतको रकम कोषमा हस्तान्तरण गर्न नचाहेमा सम्बन्धित श्रमिकले आफैंले भुक्तानी लिन वा सोही कोषमा राख्न सक्ने व्यवस्थालाई ऐनमा नै समेट्नुपर्ने, कोषमा आवद्ध भएको तीन वर्षपछि ८० प्रतिशत मात्र लिन पाउने व्यवस्था संशोधन गरी जुनसुकै बेला ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
त्यसैगरी सरकारी कर्मचारी र निजी क्षेत्रमा कर्मचारीले पाउने सेवा सुविधा समान हुनुपर्ने, निवृत्तिभरण प्राप्त गर्न सुरु गरेपछि १८० महिना निवृत्तिभरण नपाउँदै निजको मृत्यु भएमा योगदानकर्ताले आफ्नो जीवनकालभर जम्मा गरेको रकम परिवार वा इच्छाएको व्यक्तिले फिर्ता पाउने सुनिश्चितता गरिनुपर्नेलगायतका माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्