समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन «

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन


अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिन आग्रह गरेका छन् ।
नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीलाई मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री शर्माले अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न आग्रह गरेका हुन् ।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई ममन गर्न निर्देशन दिए ।
“मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ” मन्त्री शर्माले भने, “मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।”
कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा केन्द्रीत रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । कोरोना महामारीकै बीच राजस्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको सञ्चिती रहेको भन्दै उनले विप्रेषण वृद्धि हुनुको साथै निर्यात वृद्धि भएकोलगायतका सकारात्मक परिसूचकसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।
अर्थ मन्त्रालय र मातहतका निकायहरुमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरुको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने बताए ।
उनले सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च वृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए ।
महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएक सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गाना प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्