Logo

तत्काल जग्गा फिर्ता गर्न देको मिवाका जग्गाधनीको माग

देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी चाँडोभन्दा चाँडो अस्थायी पुर्जा वितरण गर्न आयोजनाभित्रका जग्गाधनीहरूले माग गरेका छन् ।
जग्गाधनीहरूले भक्तपुर नगरपालिकाका नगरप्रमुख प्रजापतिलाई आयोजना छिटो सम्पन्न गर्न गठित दबाब समूहका अध्यक्ष पुरुषोत्तम तमखूले गुनासो सम्बोधन गर्न बाँकी जग्गाबाहेकका जग्गाधनीहरूलाई तत्काल जग्गा फिर्ता गर्न माग गर्दै उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
सोही क्रममा नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको मागबमोजिम आयोजनाको काम छिटोछरितो सम्पन्न गर्ने तयारी गरिरहेको बताए । नपाबाट सञ्चालित आवास योजनाबारे उठेका जनगुनासो सम्बोधन गर्न नगरपालिकाले चरणबद्ध रुपमा सम्बन्धित जग्गावालासँग छलफल गर्नुका साथै आयोजनाले निवेदन परेकाबाहेकका जग्गावालाको यथाशक्य चाँडो जग्गा फिर्ता गर्ने क्रम अगाडि बढेको बताए ।
ध्यानाकर्षण पत्रमा २०७२ सालको भूकम्पदेखि वर्षौं टहरामा बसेकालाई राहत पुग्ने, जग्गा फिर्ता नपाएर दुःख पाएका जग्गावालाको माग सम्बोधन हुने उल्लेख छ । साथै आयोजनाका विवादित जग्गाबाहेकका जग्गा तत्काल फिर्ता गर्न आग्रह गर्दै अस्थायी पुर्जा यथाशक्य चाँडो वितरण गर्नुपर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्