जीवन बिमा : आयकर छुटको प्रसंगबारे एक चर्चा «

जीवन बिमा : आयकर छुटको प्रसंगबारे एक चर्चा

हालै ‘कारोबार राष्ट्रिय आर्थिक दैनिक’मा आएको एक समाचारअनुसार आर्थिक वर्ष २०७७-०७८ मा आइपुग्दा नेपालमा ‘जीवन बिमा’ गर्ने मानिसहरूको संख्या सम्पूर्ण जनसंख्याको लगभग एक चौथाइ (२४.७६ प्रतिशत) पुगेको छ, जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ । हुन त अझ म्यादी जीवन बिमा (विदेशमा काम गर्न जाने नेपालीहरूले गर्ने बिमा) समेत जोड्दा यो प्रतिशत आर्थिक वर्ष २०७७-०७८ मा २७.१२ प्रतिशत पुगेको भन्ने भनाइ बिमा सम्बन्धमा जानरकारहरूको रहेको छ ।
हुन पनि नेपाल सरकारसमक्ष नेपालका जीवन बिमा कम्पनीहरूले कुनै व्यक्तिले व्यक्तिगत रूपमा कमाउने आयमा कम्तीमा १ लाख ५० हजार रुपैयाँसम्मको आयमा आयकर छुट दिनुपर्छ भनी माग राखेका थिए । सो मागका बारेमा आर्थिक वर्षमा २०७८-०७९ को वार्षिक बजेटमा केही उल्लेख भएन तापनि अर्थमन्त्रीज्यूले गर्नुभएको बजेट भाषणको आय–व्यय विवरणको शीर्षकमा ‘बिमा सेवाको दायरा विस्तार गरी आगामी आर्थिक वर्षमा एकतिहाइ जनसंख्यामा बिमाको पहुँच पु¥याइनेछ’ भनी उल्लेख गरिएकाले सरकारले आफुले भनेजस्तै वा भनौं आपूmले ल्याएको बिमासम्बन्धी कार्यक्रम र नीतिलाई कार्यान्वयनमा ल्याएमा समग्र जनताबीच बिमाको पहुँच बढ्नुका साथै बिमा गर्ने मानिसको संख्या पनि अवश्य नै बढ्ला भन्ने आशा गर्न सकिन्छ । त्यसो त नेपालमा जीवन बिमा लागू भएको लगभग ५० वर्ष भयो । नेपालमा जीवन बिमा लागू भएको यति लामो अवधि पुग्दा बल्ल एक चौथाइ जनसंख्याले जीवन बिमा गरेको भन्ने समाचार आएको छ, जुन जनसंख्याको अनुपात हेर्दा धेरै राम्रो होइन । अझ त्यसमा पनि कति मान्छेहरूले दोहोरो–तेहेरो बिमा पोलिसी खरिद गरेका छन्, समेत जोडेर हिसाब निकालिएको होला ।
जे भए तापनि वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि बनेको तत्कालीन नेपाली कांग्रेसको सरकारले खुला र उदार अर्थनीति अपनाएपछि अन्य उद्योग, कलकारखाना, बैंक, वित्तीय संस्था, लघु वित्त आदिका साथै लगानी गर्नका लागि अन्य कम्पनीहरू खुल्ने क्रम बढ्यो । त्यसै क्रममा बिमाक्षेत्रमा पनि व्यावसायिक घरानाहरू खुले । फलतः हाल आएर नेपालमा दुईवटा पुनर्बिमा (एक खुल्ने क्रममा रहेको), १९ वटा जीवन बिमा र २० वटा निर्जीवन बिमा कम्पनीहरू चालू रहेका छन् ।
वि.सं. २०७२-०७३ सम्मको तथ्यांक हेर्दा नेपालमा लगभग ९ प्रतिशत मानिसले मात्रै जीवन बिमा गरेका थिए वा भनौं जीवन बिमामा उनीहरूको पहुँच पुगेको थियो । तर, वि.सं. २०७४-०७५ को छोटो अवधि (लगभग तीन वर्ष) मै नेपालमा लगभग ११ प्रतिशत मानिसले जीवन बिमा गरेका थिए । यसरी जीवन बिमा गर्ने नेपालीहरूको संख्या बढ्नु भनेको साँच्चै राम्रो संकेत थियो । निश्चय नै यसले गरेको संकेत भनेको भविष्यमा नेपाली जीवन बिमा कम्पनीहरू र जीवन बिमा एजेन्टहरूका लागि भविष्य उज्ज्वल छ भन्ने नै हो । तर, एक्कासि वि.सं. २०७६ को माघ–फागुनमा पैmलिएको विश्वव्यापी कोरोना महामारीले गर्दा नेपाली जीवन बिमा कम्पनीहरू र जीवन बिमा एजेन्टहरूको भविष्यमा पनि धरमरको स्थिति आयो, जुन अवस्था अभैm पनि कायमै रहेको छ भने यो अवस्था अभैm केही वर्ष रहने देखिन्छ ।
तापनि नेपाल सरकारले कुनै पनि जागिरेहरू जस्तै निजामती, जंगी, विदेशी राजदूतावासमा कार्यरत, दातृ निकायमा कार्यरत, आईएनजीओ-एनजीओमा कार्यरत, अर्धसरकारी संस्थानमा काम गर्ने आदि जो–कोहीले पनि आफ्नो आम्दानीको आधारमा जीवन बिमा गरेमा त्यस्ता जागिरेहरूको आयकरमा जसरी हाल वार्षिक २५ हजारसम्मको आयमा आयकर छुट दिएको छ, त्यसलाई बढाएर र तहगत रूपमा कम्तीमा वार्षिक ५० हजारदेखि माथि ७० हजार, ८० हजार, ९० हजार, १ लाख, १ लाख ५० हजार, २ लाख, २ लाख ५० हजार, ३ लाख, ३ लाख ५० हजार… गर्दै उनीहरूले गर्ने वार्षिक आम्दानीमा आयकर छुट दिने नीति लागू गर्नुपर्ने देखिन्छ । साथै व्यक्तिगत प्यान नम्बर लिने सबै करदाताहरूमा पनि यो नीति लागू गरेमा सुनमा सुगन्ध हुने थियो ।

प्रतिक्रिया दिनुहोस्