यातायात व्यवसायी सडकमा «

यातायात व्यवसायी सडकमा


सार्वजनिक यातायात व्यवसायीहरुले ७ बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
समय अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्नु पर्ने लगायतको माग राखी व्यवसायीहरु बिहीबार सडकमै उत्रिएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन हो । काठमाडौंमा यातायात व्यवासायीहरुले ट्याक्सीहरु सडकमा तेस्र्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो ।
महासंघले कोभिड खोप उपलब्ध गराउनु पर्ने, यातायतमा भाडा एवं ट्याक्सीको सुरुवाती कल समयोजन गर्न, मौद्रिक नीतिमा आफ्नो माग समेट्नु पर्ने, २० वर्ष अवधि पुगेका सवारीको सञ्चालन अवधि थप गर्न, यातायातको बिमा छुट गर्न र सडक कानून लागू गर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले महासंघको सांकेतिक आन्दोलनलाई सरकारले नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने बताएका थिए ।
उनले भने, “सरकारलाई सुझाउनको तत्काल सडकमा सांकेतिक प्रदर्शन गरेका हौं, आन्दोलन नसम्झिए सडकमै सवारीसाधन छोडेर हिँड्नुपर्ने दिन आउन नदिन नआओस् सरकारलाई चेतावनी दिएका हौं ।”
शान्तिपूर्ण रुपमा सबै सवारीसाधन घर र ग्यारेजबाट निकालेर सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन सडकमा सवारी निकालेको उनीहरुको भनाइ छ । कोरोना महामारीका कारण बन्द हड्तालको नाममा विगतका दिनमा धेरै समय सवारी सञ्चालनमा ल्याउन नसकेको भन्दै यातायात व्यवसायीहरुले २० वर्ष पुगेकै नाउँमा सवारीसाधन कवाडीमा परिणत हुने वातावरण विकास नगर्न सरकारलाई सुझाएका छन् ।
केपी शर्मा ओलीको सरकारले बाहिरीदै गर्दा सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । सरकारले यात्रुवाहक र मालवाहक यातायतमा न्यूनतम २० प्रतिशतदेखि २८ प्रतिशतसम्म सावर्जनिक यातायताको भाडा वृद्धि हुने गरी भाडादर समायोजन गरेको थियो । असार २७ नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीस्तरको सहमतिमा भाडा समायोजन गरेको थियो । दुई वा सो भन्दा बढी प्रदेश भएर सञ्चालन हुने राष्ट्रिय सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सवारी साधनमा भाडादर समायोजन गरेको यातायात विभागले जनाएको थियो ।
मुलुक संघीयतामा गएसँगै छोटो दूरीको सार्वजनिक सवारी साधनको भाडा समायेजनको हकमा भने प्रदेशले भाडा समायोजन गर्न पाउने कानूनी व्यवस्था रहेको छ । इन्धनमा भएको मूल्यवृद्धि तथा समय अनुसार छोटो दूरीका र ट्याक्सीको भाडा समायोन नगरेको भन्दै व्यवसायीहरु केही सातादेखि सांकेतिक विरोध गरेर प्रर्दशन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्