Logo

नेशनल माइक्रोफाइनान्सको एकीकृत कारोबार सुरू

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । प्राप्तिपछि दुई कम्पनी एक भएर नेशनल माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै कम्पनिले गत जेठ २५ गतेको विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीबीच माघ ८ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० बराबार ६८ कित्ता सेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो ।
राष्ट्र बैंकको असार १५ गते र कम्पनी रजिस्ट्रार कार्यालयबाट असार २४ गते एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त भएसँगै दुवै कम्पनीले एकीकृत कारोबारको मिति तय गरेका हुन् ।
नेशनल माइक्रोफाइनान्सको केन्द्री कार्यालय धादिङ र महिला सहयात्राको कन्द्रीय कार्यालय मकवानपुरमा रहेको छ । एकीकृत कारोबार पछि केन्द्रीय कार्यालय धारदिङमा रहने बताइएको छ । हाल ४३ जिल्लामा ६५ शाखा कार्यालयमार्फत सेवा सेवा प्रदान गर्दै आएको नेशनल माइक्रोफाइनान्सको चुक्ता पुँजी ३१ करोड ९४ लाख ९५ हजार रहेको छ ।
त्यस्तै, १८ जिल्लामा कार्यक्षेत्र रुहेको महिला सहयात्राको चुक्ता पुँजी १४ करोड ६४ लाख १० हजार रहेको छ । यस वर्ष महिला सहयात्राले १० प्रतिशत र नेशनल माक्रोफाइनान्सले २१ प्रतिशत बोनस वितरण् गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्