जनरल इन्स्योरेन्समा दुई जना नयाँ सञ्चालक चयन

जनरल इन्स्योरेन्स कम्पनी नेपालको आर्थिक वर्ष २०७६/०७७ को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालकमा सरस्वती गौतम (ज्ञवाली) र अमृत बन्जाडे निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७६/०७७ को २०७७ असार मसान्तसम्मको वासलात पेश भएको थियो । सभाले नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्बन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।