लमजुङमा बाढीपहिरोले ६ घरमा क्षति, २२ घर जोखिममा «

लमजुङमा बाढीपहिरोले ६ घरमा क्षति, २२ घर जोखिममा

लमजुङमा शनिबार रातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरो गएपछि भौतिक क्षति भएको हो । वर्षापछि पहिरोका कारण जिल्लाको बेसीसहर नगरपालिकासहित सुन्दरबजार, मध्यनेपाल, राइनास नगरपालिका, मस्र्याङ्दी र दोर्दी गाउँपालिकाअन्तर्गत ६ घरमा पूर्ण क्षति भएको छ भने २२ घर उच्चजोखिममा परेको लमजुङ प्रहरीले जनाएको छ ।


पहिरोका कारण भौतिक क्षति भए पनि हालसम्म मानवीय क्षति नभएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुर्इंटेलले बताए । पहिरोका कारण जोखिममा परेका घर परिवारलाई सम्बन्धित ठाउँकै स्थानीय छिमेकीको घरमा अस्थायी स्थानान्तरण गरिएको प्रजिअ लुर्ईंटेलको भनाइ छ । अविरल वर्षा र पहिरोका कारण जिल्लाका अधिकाँश स्थानमा उच्च सतर्कता अपनाइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सानाठूलापहिरोका कारणकतिपयको घर, गोठ जोखिममा परेको बताइएको छ ।


अविरल वर्षासँगै आएको पहिरोका कारण लमजुङ मनाङ सडकखण्ड पनि अवरुद्ध भएको छ । बेसीसहर–६, खरखरे भीरसहित मस्र्याङदी गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । सडक सुचारु गराउन निरन्तर पहिरो पन्छाउने प्रयास गरिएको लमजुङ प्रहरीले जनाएको छ । वर्षा सँगै आएको बाढी र पहिरोका कारणमस्र्याङदी गाउँपालिकासहित मध्यनेपाल नगरपालिका, दूधपोखरी, गाउँपालिका, क्होलासोँथार, दोर्दी लगायतका गाउँपालिका पुग्ने सडक पहिरोले अवरुद्ध बनाएको छ । अवरुद्ध सडक सञ्चालन गरी निरन्तर खुलाउने प्रयास भइरहेको सम्बन्धित स्थानीय तहले बताएका छन् ।


अझै केही दिन अविरल वर्षा हुने सम्भावना रहेकाले विभिन्न स्थानमा पहिरो जाने र सडक भासिन सक्ने भएकाले सडक अवरुद्ध हुने उच्च सम्भावना रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार अझैभारी वर्षाको सम्भावना भएकाले जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै उच्च सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्