Logo

नेप्सेको अध्यक्षमा मैनाली नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मैनालीले सोमबारबाटै लागू हुने गरी नेप्सेको अध्यक्ष तथा सञ्चालकको पदमा बहाली गरेका हुन् ।


पदबहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको विकासको लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । सो अवसरमा अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद लगायतले स्वागत गरेका थिए ।
उनले पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पु¥याउन सकिने योगदान सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवि सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरेको पनि बताए ।
नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत(सीईओ) को नियुक्ती अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले गर्ने गर्छ । अबको केही समयपछि नेप्सेको सीईओको पद पनि रिक्त हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्