नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता «

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच सम्झौता भएको छ । दुवै संसथाबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।


सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् ।
यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैयाँ देश भित्रै रही विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
सम्झौतामा नेपाल वायुसेवा निगमको तर्पmबाट महाप्रबन्धक श्री डिमप्रसाद पौडेल र हुलाक सेवा विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्