डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ : अर्थमन्त्री «

डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ : अर्थमन्त्री


अर्थमन्त्री विष्णु पौडेलले कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु गरेको बताएका छन् ।
अर्थमन्त्री पौडेलले डिजिटल अर्थतन्त्रको युग सुरु भएको भन्दै कोभिडपछि यसको महत्व थप बढेको उल्लेख गरे । डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उनको भनाइ छ । उनले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग गरेको बताए । कोरोना महामारीपछि यसको डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकांश कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गरे ।
उनले पुँजी बजारमा गत साउनदेखि अधिकांश कामहरु डिजिटलमाध्यमबाट भइरहेको बताए । ढुंगानाले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रिकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता समेत जनाए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताए । उनले समय बदलिएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताए ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बिमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बिमा शिक्षालाई समुदायस्तरमा फैलाउँदै लगेको भन्दै बिमा क्षेत्रमा बारे भर्खर मानिसहरु जानकार हुन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्