१३ वर्षपछि बाढीपीडित पुरानै थातथलोमा «

१३ वर्षपछि बाढीपीडित पुरानै थातथलोमा

डडेलधुरा-डडेल्धुराको पर्शुराम नगरपालिका सिमलखेतमा १३ वर्ष पहिले आएको बाढीले खेतबारी बगाएपछि नजिकैको सामुदायिक वनम बस्दै आएका बाढीपीडित पुनः आफ्नै थातथलोमा फिर्ता हुन थालेका छन् ।
राष्ट्रपति चुरेसंरक्षण कार्यक्रमको आर्थिक सहयोगमा रंगुन र पन्तुरा नदीमा तटबन्ध निर्माण भएपछि बाढीपीडित आफ्नै थातथलोमा फिर्ता हुन पाएपछि बाढीपीडित खुसी भएका छन् । डडेल्धुरा पर्शुराम नगरपालिका–६ सिमलखेतका बाढीपीडित १३ वर्षपछि आफ्नै थातथलोमा फर्कन थालेका हुन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत गुरुयोजना बनाएर रंगुन र पन्तुरा नदीमा पक्की तटबन्ध बनाएपछि नजिकैको सामुदायिक वनमा बस्दै आएका बाढीपीडित पुनः आफ्नो पुरानो थातथलोमा फिर्ता हुन थालेका हुन् ।
रंगुन र पन्तुरा खोलामा गुरुयोजना अनुसार तटबन्ध भएपछि नजिकैको सामुदायिक वनमा बस्दै आएका ३ सय बाढीपीडित परिवार विस्तारै अफ्नो जमिन खोज्दै बगरमा फिर्ता हुन थालेका छन् । पन्तुरा र रंगुन नदीमा पक्की तटबन्ध निर्माण भएपछि अब बाढीले कटान नगर्ने भन्दै बाढीपीडित बगरमा घर बनाउन थालेका छन् । अन्यत्र जाने कुनै बाटो नभएपछि पुनः बगरमै फिर्ता हुन थालेको उनीहरूको भनाइ छ । बाढीपीडितलाई पुरानै ठाउँ मन परेकोले परशुराम नगरपालिकाले पीडितको समस्यालाई बुझेर नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग गर्ने परशुराम नगपालिकाका मेयर भीमबहादुर साउदले जानकारी दिए । खेतीयोग्य जमिन बगरमा परिणत हँुदा फेरि मिहेनत गरेर आप्mनै बगरलाई सफा गरे यहीं अन्न उत्पादन गर्ने बाढीपीडित ज्ञानबहादुर सिंहले जानकारी दिए । उनले भने, तटबन्ध कार्य गुणस्तर भएकाले अब ढुक्कसँग बस्न पाउने भएका छौं परशुराम नगरपालिकाले अझ यसलाई प्रभावकारी बनाउनका लागि गुरुयोजना समेत बनाएको छ । १३ वर्षसम्म पटकपटक सरकारको ध्यानाकर्षण गराएर पनि कुनै किसिमको पहल नचालेको स्थानीय बासिन्दा पीडित राधिका सिंहको भनाइ छ । अहिलेसम्म ज्ञापनपत्र बुझाउँदा फाइल नै भरिसक्यो सुनवाइ भने अहिलेसम्म नि जस्ताको त्यस्तै छ, उनले भने सरकार फेरियो नीति भने फेरिएन भित्री मधेसका बाढीपीडितका लागि आसैआसमा आधा जिन्दगी बिति गयो अवस्था भने जहाँको त्यहीं छ ।
दशकौंदेखि सामुदायिक जंगलमा बस्दै आएका बाढीपीडित आफ्नो जमिनमा भएका ढुंगा र बालुवा पन्छाउँदै अन्नबाली लगाउन थालेका छन् । जिल्लाकै अन्नभण्डारको रूपमा रहेको सिमलखेत बाढीले पूरै बगाएको थियो । २०६२ र ०६४ सालमा गरी दुई पटक आएको बाढीले सिमलखेत गाउँका ३ सय परिवार विस्थापित भएका थिए भने हजारांै हेक्टर जमिन बगरमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्