जापानले नेपाली कामदार लैजाने «

जापानले नेपाली कामदार लैजाने

जापानले नेपाललगायत अन्य देशबाट ३ लाख ५० हजार कामदार लैजाने भएको छ । जापान सरकारको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी नीतिगत निर्णय गरेको छ ।
जापान सरकारले अप्रिलबाट नेपाललगायतका अन्य देशका कामदार लैजाने बारेमा नीतिगत निर्णय गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षाले आकर्षक नयाँ गन्तब्य खोज्न विगत ३ महिनादेखि जापानसँग लगातार कुटनीतिक प्रयास गर्दै आएको थियो । विदेशी कामदार लैजानका लागि आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था गर्न आगामी वर्ष २२.४ बिलियन येन बजेटसमेत विनियोजन गर्ने भएको छ । विदेश कामदार ल्याउन आवश्यक पर्ने १०० परामर्श केन्द्रबाट नेपालीसहित ११ भाषाको सेवा शुरु गर्ने गरी तयारी समेत गरेको छ । जापानको केन्द्रीय सरकारले विदेशी कामदार माग गर्दा बिचौलिया नियन्त्रण गरी कामदार माथि लाग्नसक्ने चर्को शुल्क नियन्त्रण गर्न समेत अनुरोध गरेको छ । विदेशी कामदार माग गर्ने सम्बन्धमा उनीमाथि हुने शोषण रोक्न कडा प्रक्रिया अपनाउने जनाएको छ । जापान सरकारले विदेशी कामदार ल्याउने सम्बन्ध आवश्यक पर्ने गुणस्तरीय भाषा शिक्षा कार्यक्रमका लागि ६०० मिलियन येन विनियोजन गरेको छ ।
जापानले आगामी ५ वर्षभित्र ३ लाख ४५ हजार विदेशी कामदार भिœयाउन रोजगारका लागि १४ क्षेत्रहरू निर्धारण गरेको जापान टाइम्सले मंगलबार जनाएको जनाएको छ । यसरी जाने विदेशीले नर्सिङ, सुरक्षा गार्ड, उत्पादन क्षेत्र, होटल उद्योग, कृषि र माछा व्यवसाय, खाद्य प्रशोधन तथा खाद्य सेवालगायतमा क्षेत्रमा जान पाउनेछन् । यसमा लागि नेपालसहित चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स र भियतनामका कामदार लैजाने निर्णय भइसकेको छ । यसका लागि सरकार मगलबार नयाँ भिसाका सम्बन्धमा नीतिगत निर्देशिकासमेत तयार गरिसकेको जनाएको छ । यो निर्देशिकाअनुसार विदेशी कामदारलाई सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा रोजगारी दिइने उल्लेख छ ।
रोजगारीका लागि जापान जाने विदेशीलाई रोजगादाताले सिधै माग गर्ने र विशेष परिस्थितिमा मात्र रोजगारी परिवर्तन गर्न अनुमति दिइने जनाईएको छ । विगतमा प्रशिक्षार्थी कामदारका रूपमा जापान जाने युवालाई कम्पनी परिवर्तन गर्न नदिएर जबरजस्ती काम लगाउने र कम तलब दिइ शोषण गरिएको विषय सार्वजनिकसमेत हुने गरेको विषयमा समेत छलफल भएको छ । त्यहाँको न्याय मन्त्रालयले अध्ययनका लागि जापान गएका विदेशी विद्यार्थीका लागि रोजगारी दिन सम्बन्धमा सहजीकरणको गर्दै आएको छ । जापान सरकारले विदेशमा जापानी भाषा शिक्षा कार्यक्रमका लागि ३.४ बिलियन येन खर्च गर्ने समेत योजना बनाएको छ । यो कार्यक्रमअन्तर्गत कम्प्युटरमा आधारित टेस्टिङ प्रणालीमार्पmत विदेशीले दक्षता परीक्षणको अवसर पाउनेछन् । जापान सरकारले सार्वजनिक सुविधा विस्तार गर्न अस्पताल, रोजगार केन्द्र र प्राकृतिक विपत्तिका जानकारीका लागि नेपाली लगायत बहुभाषिक सेवा समेत विस्तार गर्ने योजना बनाएको छ ।
अब जापान जाने विदेशी कामदारको स्वास्थ्य उपचार खर्चको लागि राष्ट्रिय स्वास्य बिमा कार्यक्रममा सहभागी हुन प्रोत्साहान गरिने छ । १८ वर्ष पूरा भएका विदेशी कामदारको लागि २ प्रकारका नयाँ भिसा प्रणालीको अनुमति दिने जनाइएको छ । पहिलो भिसा प्रणालीमा निश्चित सिप र ज्ञान भएका कामदारका लागि हुनेछ भने दोस्रो उच्च सिप भएका कामदारका लागि हुने सो पत्रिकाले उल्लेख गरेको छ । पहिलो वर्गको भिसा वाहकले ५ वर्षको बसाइ अनुमति पाउनेछन् भने दोस्रो वर्गको भिसावाहकका लागि ५ वर्षपछि पुनः दोहो¥याएर नवीकरण गर्न सक्ने अवसर दिएको छ । पहिलो वर्गको भिसा प्राप्त गर्न जापानी भाषा सामान्य बुझ्ने र भाषा परीक्षा पास गर्नुपर्ने छ ।
दोस्रो वर्गको भिसा प्राप्त गर्न जापानले नयाँ भिसा आवेदन दिएका विदेशी कामदारका लागि बिचमा अवसर खुला गर्ने जनाएको छ । यसअघि जापानले दक्ष कामदारका लागि दोस्रो वर्गको प्रोफेसन भिसामात्र दिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्