छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको कडा निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न कडा निर्देशन दिएकी छन् । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।मन्त्री चौधरीले परिषद्बाट मन्त्रालय फाइल पठाउदा आवश्यक फाइल मात्र पठाउन निर्देशन दिइन् । उनले नविकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नविकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नु पर्ने बताइन् । तीन बर्ष सम्म नविकरण नहुने संघ संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन समेत दिइन् ।
उनले परिषद्लाई काम गर्न सहज वातावरण बनाउन मन्त्रालय पुर्ण तयार रहेको बताउँदै परिषद् पनि सोही अनुसार तदारुकताका साथ काम गर्नु पर्ने बताइन् ।कोभिड १९ महामारीको बेला संघ संस्था मार्फत राहत सामाग्री बितरणको तथ्यांक ब्यबस्थापन राम्ररी हुन नसकेको भन्दै तथ्यांक अपडेट गरि प्राथमिकिकरण गर्न परिषद्का पदाधिकारीहरुलाई मन्त्री चौधरीले निर्देशन गरिन् । उनले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि मन्त्रालय अन्तर्गत कम्तीमा ५ वटा नमुना काम गर्नमा आफ्नो जोड रहेको बताइन् ।
मन्त्री चौधरीले आजै परिषद्को अध्यक्षको पदभार ग्रहण गरिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुने ब्यबस्था रहेको छ ।सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिवको समेत उपस्थितिमा परिषद्का सदस्य सचिवले बिस्तृत प्रस्तुतिकरण गरेका थिए ।परिषद् अन्तर्गत करिब ५२ हजार राष्ट्रिय सामाजिक संस्था आबद्ध रहेका छन् भने करिब २ सय अन्तर्राष्ट्रिय संस्थाहरुको आबद्धता रहेका छ । बर्षेनि करिव ४० अर्व रुपैयाँ बराबरको वैदेशिक सहयोगको रुपमा भित्रीने गरेको परिषद्ले जनाएको छ ।परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नविकरण संगै अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएको छ ।