Logo

पर्वतमा असार ७ गतेसम्म लम्बियो निषधाज्ञा, केही खुकुलो पारियो

पर्वतमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको वैठकले असार ७ गते रातीसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भाइरसको जोखिम अझै कायम रहेकाले थप एक साता लम्बाएर असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । यसअघि असार ३१ गते रातीसम्म जारी रहेको थियो ।


निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववहालन, खाद्यान्न, पशुपंक्षीका दाना, फलफुल, दरकारी, दूध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषजन्य उपकरण, ग्याँस तगा पेट्रोलियम पदार्थ, विद्युत, खानेपानी र दूरसञ्चारका सजारी साधन संचालन गर्न दिईने भएको छ ।

औषधि, स्वास्थ्यकर्मी, र प्रेस पास भएका सवारीसाधन तथा सरकारी सवारीसाधनहरू निर्वाच रुपमा चल्न दिइने भएको छ भने जिल्लाभर र अन्तरजिल्ला चल्ने सार्वजनिक र निजी सवारीसाधनहरू पूर्णरूपमा बन्द गरिने भएको छ । अत्यावश्यक सेवा प्रवाह हुने कार्यालय संचालनमा आउने भएका छन् ।


सरकारी र लघुवित्त र बिमा कम्पनीका कार्यालय पुर्ण रुपमा बन्द हुने भएका छन् भने स्वास्थ्य सुरक्षा मपादण्ड पालना गरी बैंकहरू समेत पुर्ण रूपमा खुल्ने भएका छन् । यस अघि सातामा दुई दिनमात्र आलोपालो गरी संचालन हुने बैंक अव सवै दिन खुल्ने भएका हुन् ।

त्यसैगरी खाद्यान्न, फलफुल तथा तरकारी, स्टेसनरी र विकास निर्मााका सामाग्री विक्रि गर्ने पसलहरू विहान ६ बजेदेखि ११ बजेसम्म संचालन गर्न दिईने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।


पर्वतमा दोस्रो लहरको कोभिडवाट १ हजार ५ सय ७५ जना संक्रमित भएका छन् भने १ हजार १ सय ७४ जना निको भएका छन् । पर्वतमा ३ सय ७९ जना संक्रिय संक्रमित छन् । ५३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्