मन्त्री चौधरीद्वारा महिला बालबालिका बिभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले बिस्तृत ब्रीफिङ गरेका छन् । आज बुधबार पुल्चोक स्थित बिभागको कार्यालयमा बिभागका निर्देशक दुर्गा देबि देबकोटा पौडेलले कार्यक्रममा बिभागको गती बिधीको बारेमा जानकारी गरेका हुन् ।
निर्देशक पौडेलले यस बिभागको औचित्य,चुनौती, अबसर र बिगत देखि गर्दै आएका गतिविधिका बारेमा बिधिबत रुपमा जानकारी गराएका थिए।
त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले पनी परिषदको बारेमा जानकारी दिए ।
परिषदका अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने ब्यबस्था छ । त्यस अनुसार मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा१०४ बालबालिका खोज केन्द्र बिस्तार गर्ने निर्णयलाई सदर गर्नु भयो ।
सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य संपादन गर्न निर्देशन दिईन् ।
उनले बिभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने बिश्वास ब्यक्त गरेकी थिईन् ।
आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट प्रयाप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उनले जोड दिईन् ।
घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्न रुपमा बनी नसकेको दुख दायी अवस्थाको अनुभव आफुले गरेको भन्दै त्यसका लागि बिभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नु पर्नेमा मन्त्री चौधरीले जोड दिईन्।
उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री रेनुका गुरुङको समेत उपस्थिति रहेको थियो । त्यस्तै मन्त्रालयका सचिव यम कुमारी खतिवडाको पनी सहभागिता रहेको थियो ।कार्यक्रम बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षता भएको थियो ।