हुवावे र भाइबरबीच समझदारी

हुवावे र भाइबरबीच एप ग्यालरीलाई अझै सजिलो बनाउने समझदारी भएको छ । एप ग्यालरीमा निःशुल्क र सजिलो सञ्चारका लागि भाइबर राम्रो रहेको हुवावे कम्पनीले बताएको छ । यसकारण भाइबरसँगको ब्रान्ड सहकार्यलाई दीर्घकालको लागि विस्तार गर्ने घोषणा गरेको छ ।
विश्वका १९० राष्ट्रहरुमा करोडौं प्रयोगकर्ताहरु रहेको यो सेवा एप ग्यालरीमा जोडिने पहिलो र लोकप्रिय रहेको कम्पनीको दाबी छ । भाइबरबाट भ्वाइस र भिडियो कलहरु, मेसेजिङ र ग्रुप च्याटहरु गर्न सकिन्छ ।
धेरै भूभागहरुमा एप ग्यालरी मार्फत् ६२ मिलियन वितरणसँगै यसको बलियो उपस्थिति रहेको बताइएको छ । यी दुवै कम्पनीहरु मिलेर बढ्दो प्रयोगकर्तालाई लक्षित गरेर काम गरिरहेका छन् । कम्पनीकाअनुसार एप ग्यालरीमा भाइबरले पाएको सफलताको एक हिस्सा हुवाइको ‘विश्वव्यापी एवं स्थानीय रणनीति’ लाई अँगाल्नु पनि हो ।
व्यवसायिक रणनीतिक साझेदारीको एक हिस्सास्वरुप भाइबरले अद्यावधिक गरेर एप प्रकाशन गरेको छ । जसमा एप ग्यालरीबाट नयाँ संस्करणको एप डाउनलोड गर्ने प्रयोगकर्ताका लागि भाइबरले आफ्नो स्वामित्वमा रहेका सबै स्टिकर प्याकहरु निःशूल्क दिदैँ आएको छ ।