Logo

कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बनेन :कांग्रेस

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुंग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्धारा आयोजित ‘वर्तमान सङ्कटमा कांग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुर्ने बताए । “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुंग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले कांग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताउ ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए । अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको बताए । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कंँग्रेसको १४ औँ महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताइन् । कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुनलगायतले पार्टीको विधानअनुसार समयमा नै महाधिवेशन गर्नका लागि केन्द्रीय नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्