संस्कृतिकर्मी गुरुङको कोरोनापछि निमोनियाले निधन

आफ्नी श्रीमती गुमाएको करिब दुई सातामा संस्कृतिकर्मी मेनकाजी गुरुङको समेत निधन भएको छ । कोरोना संक्रमणले गर्दा श्रीमती गुमाएको दुःख बिर्सन नपाउँदै हिमाली सांस्कृतिक परिवारका अध्यक्षसमेत रहेका संस्कृतिकर्मी गुरुङको मंगलबार बिहान राति उपचारकै क्रममा निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।
करिब दुई साताअघि जसो आफैं कोरोना संक्रमण भई निको भई घर फर्कियका संस्कृतिकर्मी गुरुङको मुटुमा थप समस्या देखा परेसँगै सोमबार फिस्टेल हस्पिटल गैह्रापाटनमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
संस्कृतिकर्मी श्रेष्ठको समयमै मुटुको शल्यक्रिया गर्न नसक्दा कोरोनापछि फोक्सोमा निमोनियाको कारण निधन भएको हुन सक्ने उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. वसन्त ताम्राकारले बताए । गुरुङको पहिलादेखि मुटुमा समस्या भएकाले पहिलानै शल्यक्रिया गर्नुपर्नेमा कोरोना संक्रमण भएसँगै कोरोना निको भए पनि कोरोनाकै कारण फोक्सोमा निमोनिया भएको हुँदा उपचारकै क्रममा उनको निधन भएको उनले जनाए ।
नेपाली लोक संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका गुरुङको निधनले समग्र नेपाली सांस्कृतिक क्षेत्रमा अपूर्ण क्षेति भएको संस्कृतिकर्मी तिर्थ श्रेष्ठले बताए । संस्कृतिकर्मी श्रेष्ठले भने, “मेनकाजीलाई मैले धेरै पहिलादेखि चिन्दै आएको थिए, उहाँ मिलनसार, सांस्कृतिक क्षेत्रमा आफू मात्र संलग्न नभई अन्य धेरै व्यक्ति तथा संस्थाहरूलाई समेत प्रभाव पार्ने खुबी भएको व्यक्ति हुनुहुन्थ्यो ।” डाँफेकला मन्दिरबाट आफूले गुरुङलाई चिनेको बताएका श्रेष्ठले लोकनृत्यको प्रोत्सावन गर्ने, विभिन्न जातिको कला संस्कृतिकको प्रबद्र्धन गर्न गर्ने जस्तै छ्याडु, घाँटु सोह््रठीको प्रबद्र्धन गर्न उनको ठूलो योगदान रहेको संस्कृतिकर्मी श्रेष्ठले बताए । गण्डकी प्रदेश राजधानि पोखरा र यस प्रदेशका विभिन्न संघ–संस्थाहरूसँगको सहकार्यमा लोक संस्कृतिको प्रबद्र्धन गर्दै आएका गुरुङले पु¥याएको योगदानलाई पोखरेलीले कहिले नभुल्ने श्रेष्ठले बताए ।
गुरुङकी श्रीमती मीना गुरुङको पनि वैशाख ३० गते कोरोना संक्रमणका कारण निधन भएको थियो । पोखरा नयाँगाउँ निवासी मेनकाजीका एक छोरा र एक छोरी छन् ।