निषेधाज्ञामा अत्यावश्यक सामान अभाव हुँदैनः प्रजिअ «

निषेधाज्ञामा अत्यावश्यक सामान अभाव हुँदैनः प्रजिअ


जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाएकाले घरमै बसेर निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न सबैलाई अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा किराना पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरी निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो ।
बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्टटे«डिङ कर्पोरेसन, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुसँग छलफल गरी आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरी व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनलाई दिएको छ ।
निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनका मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ । काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरे ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टटे«डिङ कर्पोरेसनको तर्फबाट अनलाइनका माध्यमबाट खाद्य सामग्री मागको विवरण संकलन गर्ने र सोही बमोजिम गाडीबाट आपूर्तिको स्थलगत व्यवस्थापन मिलाउन निर्देशन गरिएको छ । त्यसैगरी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टटे«डिङ कर्पोरेसनले अनलाइनमार्फत रुटहरु तय गरेर स्थानीय तहको समन्वयमा खाद्य वस्तुहरु उपलब्ध गराउने, कसैलाई खाद्यान्न अभाव भएमा सार्वजनिक गरेका नम्बरमा फोन सम्पर्क गरी खरिद गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
मोबाइलबाट खाद्य आपूर्ति गर्ने सम्बन्धमा तोकिएको स्थान र रुटका विषयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनबाट आपूर्ति एवं सार्वजनिक सूचना जारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
खाद्य आपूर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाउन नियमित समिक्षा गर्ने र केही समस्या आए तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए । “आपत विपतमा परेका र अत्यन्तै विपन्न नागरिकहरुलाई खाद्यान्न अभाव भएमा आवश्यक खाद्यान्न वितरणको व्यवस्था मिलाउन सम्बन्धीत सबै स्थानीय तहलाई अनुरोध गरेका छौं ।” उनले भने ।
साल्टटे«डिङ कर्पोरेसनका सूचना अधिकारी कुमारराज राजभण्डारीले उपभोक्ताहरुलाई अत्यावश्य दैनीक उपभोग्य सामग्रीको अभाव हुन नदिने गरि मोबाइल भ्यान परिचालन गरिने र आवश्यकता र माग भए बमोजिम टोल टोलमा परिचालन गरिने बताए ।
खाद्य व्यवस्था व्यापार कम्पनीका विभागिय प्रमुख प्रेम थापाले प्रशस्त खाद्यान्न मौज्दात रहेको र अनलाइन डेलिभरी दिन सक्ने स्थितिमा आफूहरु रहेको भन्दै काठमाडौं उपत्यकाका टोलटोलमा खाद्य सामग्री पठाउन सक्ने तयारीमा रहेको बताए ।
राष्ट्रिय उपभोक्ता मञ्चका प्रेमलाल महर्जनले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेसँगै खाद्य वस्तुको सहज उपलब्ध गराउने व्यवस्था मिलाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय अत्यन्तै सकारात्मक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्