खोला उत्खनन्मा कोरोना संक्रमित

धरानको सेउती खोलाबाट ढुंगा, गिट्टी उत्खननमा विवाद चलिरहेको बेला कोरोना संक्रमित नै काममा संलग्न भएको भन्दै गाउँलेले आपत्ति जनाएका छन् ।
धरान उपमहानगरपालिकाले वडा १५, ४ र ५ भएर बग्ने सेउती खोला पुलदेखि पाँच सय मिटर तलसम्म नदीजन्य वस्तु संकलन गर्न ठेक्का लगाएको छ । प्राकृतिक स्रोतको क्षेत्राधिकारबारे उपमहानगरपालिका र वन कार्यालयबीच विवाद चलिरहेको बेला उत्खनन् कार्यबाट कोरोना संक्रमणको जोखिम बढेकोमा स्थानीयले आपत्ति जनाएका हुन् ।
उनीहरूले खोलाका ठेकेदार कम्पनीका अर्जुन भण्डारी आफैं कोरोना संक्रमित भए पनि खोलामै दैनिक कामदारसँंगै रहने गरेको बताएका छन् । एक स्थानीयले भने, “कोरोना भएका ठेकेदार खोलामा दैनिक आउँछन् गाउँलेलाई कोरोना सर्ने खतरा भयो ।” भण्डारीसँंग सम्पर्क गर्दा उनले पोजेटिभ रिपोर्ट आएको स्वीकार गर्दै १० दिनपछि मात्र आफू खोलामा गएको बताए ।