अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी हस्तान्तरण «

अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी हस्तान्तरण

अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारी गाँउपालिका वडा नं–२ मैनहियामानिर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले उद्घाटन गरे ।
अर्घाखाँची सिमेन्टले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्टका निर्देशक अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्य चौकी आफ्नोघरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको र अहिले स्थानीयतहको लागि सहज हुने गरेर भवन निर्माण गरेको बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले सम्पूर्ण जनमानसको लागि गरिएको प्रसंशनिय कार्यको अर्घाखाँची सिमेन्टलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्