युनाइटेड सिमेन्ट्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न

केएल दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोरखा, डुम्रे, खैरेनीटार तथा दुलेगौंडा, पोखरा तथा लेखनाथ, र वाग्लुङ गरी विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार प्रतिनिधि हेमलाल श्रेष्ठले जानकारी गराएको कम्पनीले जनाएको छ । राजमिस्त्री तथा ठेकेदारको निर्माणसम्बन्धी कुनै पनि कार्यमा निकै नै ठूलो भूमिका तथा जिम्मेवारी रहने कारणले गर्दा उनीहरूमा सिमेन्टसम्बन्धी राम्रो ज्ञान हुनुपर्ने साथै भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङसम्बन्धी जानकारी हुनुपर्ने अति आवश्यक देखिएकाले यो किसिमको जानकारीमूलक कार्यक्रम गरेको श्रेष्ठले जनाएका छन् । नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित यस युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आफ्ना ग्राहकहरूप्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रूपमा चिनिन सफल भएको छ ।