४३ लाख घरधुरीमा ग्यासको उपयोग

मुुलुकभर ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्यासको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्यासको प्रयोग बढ्न थालेपछि ग्यास उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो । नेपाल आयल निगमका अनुसार ४२ लाख ८२ हजार ६ सय ३५ घरधुरीले ग्यासको प्रयोग गर्दै आएका छन् । बिजुलीलगायत ऊर्जाका अन्य स्रोतभन्दा पनि ग्यासको मूल्य सस्तो पर्ने हुँदा यसको खपत दिनप्रतिदिन बढ्दै गएको छ । मुुलुकभर ४३ लाख घरधुरीमा खाना पकाउने एलपी ग्यासको प्रयोग हुने गरेको पाइएको छ । सहरी क्षेत्रमा मात्र नभएर दुर्गम क्षेत्रमा समेत ग्यासको प्रयोग बढ्न थालेपछि ग्यास उपभोग गर्ने घरधुरीको संख्यामा वृद्धि हुँदै गएको हो । नेपाल आयल निगमका अनुसार ४२ लाख ८२ हजार ६ सय ३५ घरधुरीले ग्यासको प्रयोग गर्दै आएका छन् । बिजुलीलगायत ऊर्जाका अन्य स्रोतभन्दा पनि ग्यासको मूल्य सस्तो पर्ने हुँदा यसको खपत दिनप्रतिदिन बढ्दै गएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले ग्यासको खपत बर्सेनि बढ्दै गएको बताए । “सहरी क्षेत्रमा मात्र नभएर दुर्गम जिल्लामा ग्यासको प्रयोग धेरै हुने गरेको छ,” कार्यकारी निर्देशक भट्टराईले भने, “वार्षिक रूपमा ग्यासको खपत सरदर १५ देखि २० प्रतिशतका दरले बढ्दै गएको छ ।” माग बढ्दै गएकाले ग्यासको आयात दर बर्सेनि बढ्दै गएको उनको भनाइ छ ।निगमका अनुसार सवैभन्दा धेरै ग्यासको प्रयोग काठमाडौमा ३ लाख ८५ हजार १ सय ३६ घरधुरीले गर्ने गरेका छन् । यस्तै ललितपुरमा ८४ हजार ५ सय ११, कास्कीमा ७६ हजार ६ सय ७६, रूपन्देहीमा ५६ हजार ६६, चितवनमा ५२ हजार ५ सय ४५ घरधुरीले ग्यासको उपयोग गर्ने गरेका छन् । यस्तै मोरङमा ४९ हजार ७ सय ६९, सुनसरीमा ४६ हजार ९ सय ८२, भक्तपुरमा ४७ हजार ४ सय ६३, झापामा ४१ हजार ८ सय ३२ घरधुरीले ग्यासको प्रयोग गर्ने गर्छ ।यस्तै सवैभन्दा कम ग्यासको प्रयोग गर्नेमा हुम्लामा तीन, मगुमा चार, बाजुरा र डोल्पामा ६ घरधुरी रहेका छन् । बझाङमा २१, जाजरकोटमा ६६, जुम्लामा १ सय १३, अछाममा १ सय ९४, वैतडीमा ३ सय ९६ घरधुरीले ग्यासको प्रयोग गर्ने गरेको निगमको तथ्यांकमा देखिएको छ । निगमका प्रवक्ता वीरेन्द गोइतले मुलुकभर मासिक २३ लाख ग्यास सिलिन्डर खपत हुने गरेको छ । उनका अनुसार मासिक ३ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ग्यासको खपत हुने गर्छ । मुलुकमा वार्षिक ३६ अर्बभन्दा बढीको ग्यासको खपत हुने गरेको निगमको भनाइ छ । हाल प्रतिसलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । हाल ग्यासको प्रयोग भएको संख्याको आधारमा एक घरधुरीका भागमा चारवटा सिलिन्डर पर्ने गर्छन् । ग्यासको आपूर्ति व्यवस्थापन सुनिश्चित नहुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर राख्ने गरेका हुन् । निगमका अनुसार आर्थिक वर्ष २०७३ असार मसान्तसम्म प्रमाणीकरण भएका सिलिन्डर संख्या ७८ लाख ८६ हजार ९ सय २ रहेका छन् । विभिन्न ५७ वटा ग्यास बोटलिङ प्लान्टले ९ हजार विक्रेतामार्फत बजारमा ग्यास वितरण गरिरहेका छन् । निगमका अनुसार ग्यासको वार्षिक आयात झन्डै ४० अर्ब रुपैयाँ बराबरको हुने गर्छ । ग्यास उद्योगीले भारतको बरौनी, हल्दिया, पारदीप, मधुरा र कर्नाल रिफाइनरीबाट ग्यास आयात गर्ने गरेका छन् । ग्यासको मासिक कोटा ३० हजार टन निर्धारण गरे पनि चिसो समयमा ३४ हजार टनसम्म आयात हुने गरेको छ । अन्य समयको तुलनमा चिसो मौसममा ग्यासको खपत धेरै हुने गर्छ । निगमसँग ग्यासको भन्डारण क्षमता नभए पनि निजी व्यवसायीसँग ६ हजार १ सय ९७ मेट्रिक टन रहेको छ । कुल इन्धन आयातमा ग्यासको योगदान २२ प्रतिशत रहेको छ । अत्यधिक खपत हुने जिल्ला घरधुरी संख्या कम खपत गर्ने जिल्ला घरधुरी