१८ देशबाट लगानी प्रतिवद्धता

उद्योग विभागमार्फत् चालू आर्थिक वर्षको पहिलो २ महिनामा विभिन्न १८ देशबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त भएको छ । साना तथा मध्यम लगानीका लागि प्रवेशद्वार मानिने विभागमा चालू आवको भदौसम्ममा ३ अर्ब ४३ करोड रुपैयाँको लगानीसहित ६४ उद्योग दर्ता भएका छन् । यी उद्योगबाट २ हजार रोजगारी थप्ने अनुमान गरिएको छ । उद्योग विभागमार्फत् चालू आर्थिक वर्षको पहिलो २ महिनामा विभिन्न १८ देशबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त भएको छ । साना तथा मध्यम लगानीका लागि प्रवेशद्वार मानिने विभागमा चालू आवको भदौसम्ममा ३ अर्ब ४३ करोड रुपैयाँको लगानीसहित ६४ उद्योग दर्ता भएका छन् । यी उद्योगबाट २ हजार रोजगारी थप्ने अनुमान गरिएको छ । विभागले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा, पर्यटन र सूचना तथा प्रविधि विधामा प्रत्यक्ष बैदेशिक लगानी भिœयाउँदै आएको छ । एकातिर विदेशी लगानीकोे प्रतिवद्धता कम छ भने अर्कातर्फ सोहीबमोजिम लगानी भित्रन सकेको छैन । विभागका अनुसार सबैभन्दा धेरै चीनबाट २८, भारतबाट ७, अमेरिकाबाट ५, वेलायत, अस्ट्रेलिया, बंगलादेश, फ्रान्स इजरायल, जापान, दक्षिण कोरियाको दुई÷दुई उद्योगका लागि आवेदन दर्ता भएका छन् । जर्मनी, पोल्याण्ड, सिंगापुर, स्पेन, स्विट्जरल्याण्ड, स्वीडेन, युनाइटेड अरब इमिरेट्सबाट पनि एक÷एक उद्योग स्थापनाका लागि आवेदन दर्ता भएका छन् । उद्योग विभागका सहसचिव प्रदीप कोइरालालले पछिल्लो समय साना तथा मझौला उद्योगमा उत्साहजनक रूपमा उद्योग दर्ता भइरहेको बताए । विभागमा सानो लगानी आउने भन्दै पछिल्लो समय चीनको होङ्सी ग्रुपले शिवम् सिमेन्टमा गरेको लगानी पनि पछिल्लो उदाहण भएको बताए । लगानी नआएको होइन तर अहिलेको अवस्थामा जसरी लगानी आएको छ त्यसमा नीतिगतदेखि अन्य क्षेत्रमा सुधार गर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ । सरकारले गत आर्थिक वर्षमा विदेशी लगानी बढाउन तामझामका साथ अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरे पनि सोही अनुसारको लगानी भने आउन सकेको छैन । यसका लागि सबै क्षेत्रमा सुधार गरेर अगाडि बढेमा नेपालमा विदेशी लगानी बढ्न सक्ने पर्याप्त आधार भएको सहसचिव कोइरालाको भनाइ छ । राजनैतिक अस्थिरता, लगानीमैत्री वातावरणको अभाव, ऊर्जा र श्रम संकट मात्र नभएर एफडीआएको प्रक्रिया आफैंमा झन्झिटिलो हुँदा पनि लगानीका लागि समस्या हुने गरेको छ ।उद्योग विभागका महानिर्देशक शंकर अर्यालले चालू आर्थिक वर्षमा विदेशी लगानी विगतका वर्षमा भन्दा धेरै आउने दावी गर्दै लगानी सम्मेलनले सकारात्मक प्रभाव पारेका दावी गरेका छन् । लगानीकर्ताले लगानी गर्नु अगाडि नै सहज रूपमा लाभ लिनसक्ने क्षेत्र खोज्ने भएकोले सबैभन्दा पहिले लगानीमैत्री वातावरण बनाउनु आवश्यक रहेको उनी बताउँछन् । “उत्पादनमूलक उद्योगको तुलनामा विदेशी लगानी सेवा क्षेत्रतर्फ केन्द्रित भएको पाइएको छ, जग्गा प्राप्ती समस्या उद्योग स्थापनाका लागि सवैभन्दा ठूलो समस्या बनेको छ,” उनले भने । लगानीकर्ताले जोखिम न्युनीकरण लागि पनि सहज ठाउँमा प्रवेश गर्न खोज्न उनको अनुभव छ ।यता, विदेशी लगानीमा दर्ता भएका उद्योग कति सञ्चालनमा छन् र तिनमा वास्तविक लगानी कति भएको छ भन्ने एकीकृत तथ्यांक हालसम्म कुनै सरकारी निकायसँग छैन । विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले विभागको दायरा फराकिलो बनाएको छ । यो विधेयकअनुसार ५ अर्ब रुपैयाँसम्मको प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) स्विकृत गर्न पाउने अधिकार विभागलाई नै दिइएको छ । यसअघि विभागले २ अर्बभन्दा कम लगानीका उद्योगले सञ्चालन अनुमति दिँदै आएको छ । यस्तै, २ देखि १० अर्ब रुपैयाँ औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा बढीका लगानी भने लगानी बोर्डमार्फत् दर्ता हुन्छन् ।