पल र उषाको यस्तो मायालाई सफलता «

पल र उषाको यस्तो मायालाई सफलता

गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ । गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाखभन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ भने दिपक शर्माले संगीत भरेका छन् ।
बिधान कार्कीले निर्दशन गरेको म्युजिक भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ ।
म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन, नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला अर्को नयाँ गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन् । जहाँ दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्