सामुदायिक अस्पताल बन्ने भएपछि स्थानीय खुसी «

सामुदायिक अस्पताल बन्ने भएपछि स्थानीय खुसी

मुगु-जिल्लाको पूर्वी मुगुम कार्मारोङ गाउँपालिकामा ६ शैयाको सामुदायिक अस्पताल बन्ने भए पछि स्थानीयवासी खुसी भएका छन् । साविकका पाँच गाविस रहेको यस मुगमकामारोङ गाउँपालिकामा नेपाल सरकारद्वारा सञ्चालित पाँच वटा स्वास्थ्य चौंकि र तिनवटा प्रसुती गृह रहे पनि स्वास्थ्यकर्मि नबस्ने औषधि अभावका कारण प्राय जसो गर्भवती महिलाको स्वास्थ्य संकटमा पर्दै आई रहेकाले । विगतमा सामान्य चोट पटक देखि रुघा खोकि लाग्दा समेत स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मि भेट्नु त के प्राथामिक उपचार र परामर्श समेत नपाएर फर्कनु पर्ने बाध्यता रहेका अव बन्न लागेको सामुदायिक अस्पताल बने पछि स्थानीयवासी स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताएका छन् ।
ठूलै चोटपटक लाग्दा होस या त गर्भवती महिलालाई वेथा लाग्दा आर्थिक अवस्था बलियो भएकाले सोझै हेलिकप्टर चार्टर गरेर काठमाण्डौं नेपालगञ्ज लैजाने गरे पनि आर्थिक विपन्नता भएकाहरूका लागि भने निकै दुख भोग्नु परेको दोल्फु गाँउमा मात्र केही बर्ष गर्ता गर्भवती हुन नसक्दा ८जना महिलाको अकालमा ज्यान गएको पहाड दुर्गम बस्ती भएको ठाँउमा अस्पताल बन्ने भएको हुदा दोल्फु गाँउकी स्थानीय महिलाहरू खुसी भएका छन् । आर्थिक विपन्नताका कारण नै समयमा जिल्ला अस्पताल लैजान नसक्दा विगतमा दर्जन जति गर्भवतीको ज्यान गई सकेको र अब बन्न लागेको सामुदायिक अस्पतालमा विपन्न, गरिब तथा गर्भवती महिलाहरूले सहज रुपमा स्वास्थ्य सेवा पाउने आशा जागेको स्थानीयवासीले बताए ।
छाँया नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग , हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको प्राविधिक तथा मुगुम कार्मारोङ गाउँपालिकाको विस प्रतिसत आर्थिक सहयोगमा गाउँपालिको रिउस बगरमा स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएपछि प्रसुति गृह सहित ६ शैयाको सामुदायिक अस्पतालको बन्ने भए छ । गैर सरकारी संस्थाको ५५ लाख र विस प्रतिशत गाउँपालिकाको लगानीमा अवको २०७६ बैशाख भित्र अस्पतालको निर्माण कार्य सम्पन्न हुने हिरिसडेक मुगुका अध्क्षय मीनबहादुर रावतले बताए ।
रावतका अनुसार अस्पताल निमार्णको लागि ८० प्रतिशत काम सम्पन्न भई सकेको समेत बताएका छन यस गाँउ पालिकामा रहेकी महिला तथा बालबालिका बुढा बुढीलाई औषधि उपचार बाट निकै बन्चीत हुने भएको हुदा यस क्षेत्रमा रहेको समुदायको अबस्थालाई बुझ्दा अझौ गर्भवती महिलाको दुख समस्यालाई मध्यनजर गरी यो अस्पताल बनाउन लागेको बताएका छन् ।
छाँया नेपालका प्रतिनिधि कमल थापाका अनुसार ६ सैयाको अस्पताल, गर्भवती सेवासहित औषधी र केही उपकरण सस्था बाट दिर्ने र कर्मचारीहरूको ब्याबस्था केही समयकोलागि मुगमकामारोङ गाउँपालिकाले व्यवस्था गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्