Logo

निफमा अनुराग कश्यपले अनुभव सेयर गर्ने !

यस चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बर्सेनि हुँदै आएको नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव, ‘निफ’को चौथो संस्करण २०७८ वैशाख २३–२७ (२०२१ मे ६ देखि ९ तारिख) सम्म हुने भएको छ ।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको यस महोत्सव नेपाली चलचित्र र चलचित्रकर्मीहरुलाई विश्वको चलचित्र र चलचित्रकर्मी माझ पारिचित गराउने, चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउँदै आइरहेको यो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।
विश्वभरि फैलिएको महामारी कोभिड–१९ को कारण देश लकडाउनमा रहेको कारणले हामीले भौतिक नभई भर्चुल रूपमा यो महोत्सव गर्न लागेका छौं ।
चलचित्र नेट टिभीबाट र अरू उद्घाटन, समापन अनि भिन्न अन्तक्रिया, बहस, छलफल र अनुभव आदान–प्रदान कार्यक्रम निफको आफ्नै पेजबाट लाइभ गरिनेछ । उद्घाटनपछिको पहिलो सेसन वैशाख २३ गते बिहीबार ३.३० बाट करिब १.३० घण्टा भारतीय प्रसिद्ध निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्शकहरुका लागि आफ्नो अनुभव सेयर गर्न भोलिपल्टदेखि बिभिन्न विषयमा बहस हुनेछ ।

अनुराग कश्यप भारतीय चलचित्र उद्योगमा चलचित्र लेखक, निर्माता, अभिनेता र सम्पादकको रूपमा चर्चित छन् । उनीद्वारा २०१२ मा निर्देशित चलचित्र ‘ग्याङ्स अफ वासेपुर’ फ्रान्सको ‘क्यान्स’ फेस्टिभलको प्रदर्शनपछि उनको विशेष चर्चा हुन थालेको हो । ओस्कर नोमिनेटेड फिल्म पानी २००५ मा हिन्दी सम्वादलगायतका चलचित्रमा सहभागिता र तिनले बिभिन्न अन्तर्रास्ट्रिय चलचित्र महोत्सवमा प्राप्त गरेको सफलताले उनी स्थापित बनिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्