Logo

जैविक विविधता नेपालीको आर्थिक विकासका लागि तुलनात्मक फाइदा भएको क्षेत्र हो ।

जैविक विविधता संरक्षणको आवश्यकता


सामान्य रूपमा भन्नुपर्दा पृथ्वीमा प्राप्त हुने सजीव प्राणी, वनस्पति, जीव–जीवात्मा र तिनीहरूमा प्राप्त हुने विविधता अर्थात् पृथक् प्रवृत्ति वा गुणलाई जैविक विविधता भन्न सकिन्छ । पृथ्वीमा उपलब्ध जीव, वनस्पति अथवा जलचर र स्थलचरसहित निर्जीव तŒवबीचको अन्तरसम्बन्धले नै पृथ्वीको प्राकृतिक वातावरण सन्तुलित बनाइरहेको छ, जसका कारण पृथ्वीमा मानिसलगायत सम्पूर्ण प्राणीहरूको अस्तित्व कायम रहन सकेको छ । त्यसैले संसार जैविक विविधताको अघोषित साम्राज्य हो । जब प्रकृतिमा जैविक विविधताको गुणात्मक र संख्यात्मक विकासमा शिथिलता उत्पन्न हुन्छ र ह्रास आउन थाल्छ तब मानिसले आफ्नो अस्तित्वमाथि समेत शङ्का उठाउनुपर्ने हुन्छ । यस अर्थमा जैविक विविधता जीवनको सहयात्री हो, विकास र उन्नतिको मूल जरो वा स्पन्दन हो । यसैबाट जैविक विविधताको महिमा वा महŒवसमेत स्पष्ट रूपमा झल्कन्छ । जैविक विविधतालाई विभिन्न दृष्टिकोणबाट परिभाषित गरिएको पाइन्छ । जैविक विविधता प्राणी, वनस्पति तथा सूक्ष्म जीवहरूको जाति प्रणालीमा आएको विभेद भन्ने बुझिन्छ । यो भिन्नता उनीहरूको वंशाणुगत गुणमा आउने परिवर्तन, पर्यावरणमा हुने क्रमिक परिवर्तन, सामाजिक–सांस्कृतिक परिवर्तन तथा मानिसद्वारा निर्मित अप्राकृतिक पर्यावरणका कारणहरूबाट भएको हुन्छ ।
प्राणी तथा वनस्पतिको अभ्युदय भएको करिब ३.५ बिलियन (३ अर्ब ५० करोड) वर्ष भएको मानिन्छ । जीव तथा वनस्पति उत्पत्तिदेखिको वर्तमान समयसम्म यिनीहरूबीच ठूलो उतारचढाव आएको अनुमान गरिएको छ । खासगरी मानिसको प्रभुत्व विस्तार भएदेखि अन्य जैविक तŒवहरूको प्रयोगमा व्यापकता आएका कारण व्यापक क्षति भएको मानिएको छ । पृथ्वीमा कुल ५० लाखदेखि ३ करोड प्रजातिका जीव तथा वनस्पति भएको अनुमान गरिएको छ (विल्सन, १९८८) । यी प्रजातिमध्ये मानिसले करिब १७ लाख प्रजातिको पहिचान र प्रयोग गरिरहेको अनुमान गरिएको छ ।
जैविक स्रोतको उपयोग प्राचीन कालदेखि मानिसले आफ्नो प्रयोजनका लागि गर्दैै आएको छ । तर, यसको तीव्र गति बीसौं शताब्दीदेखि प्रारम्भ भएको छ । जनसंख्या वृद्धि र विकासका आधुनिक प्रविधिको प्रयोगले प्राकृतिक स्रोतमाथि तीव्र दबाब मात्र परेन, पर्यावरणमा ह्रास आएर परिस्थितिकीय प्रणालीमा समेत व्यापक परिवर्तन आएको छ । परिणामस्वरूप विकासका नाममा विनाश पनि भइरहेको कुरा मानिसले बीसौं शताब्दीको मध्यबाट अनुभव ग¥यो । प्रकृतिमा प्राप्त हुने विभिन्न स्रोतहरूको उपयोग गर्दा यी जीवजन्तु तथा वनस्पतिको अस्तित्व संकटमा पर्न गएको अनुभव भएपछि तिनको संरक्षण गर्नुपर्ने कुरा अगाडि आयो । जैविक विविधताले जीवनहरूका किसिम र तिनमा पाइने विविधता र भिन्नतालाई जनाउ“छ । पृथ्वीमा रहेका सम्पूर्ण जीवित प्राणी तथा वनस्पतिबीचको भिन्नता, प्रकार, जम्मा संख्या र तिनका बीचको संयोजन नै जैविक विविधता हो । यसले जुनसुकै प्रजातिभित्रको आनुवंशिक विविधता प्रजाति–प्रजातिबीचको विविधता र तिनीहरूको परिस्थितिहरू प्रणालीको विविधतालाई जनाउ“छ । जैविक विविधता विभिन्न ठाउ“ र बासस्थानअनुसार फरक हुन्छ । विभिन्न मूल र जातिप्रजातिका चल, अचल प्राणीहरूमा पाइने भिन्नभिन्न किसिमका स्वाभाविक गुणहरू जैविक विविधताका विषय हुन् । जैविक विविधतालाई मूल रूपमा तीन किसिमबाट वर्गीकरण गरिएको छ ः
(१) पर्यावरणीय प्रणालीको विविधता
(२) प्रजातिगत विविधता
(३) आनुवंशिक वा वंशाणुगत विविधता
प्रकृति र जीवजन्तुको सौन्दर्यलाई बचाइराख्न जैविक विविधताको संरक्षण गर्नुपर्छ । यसको विनाशले वातावरण तथा पर्यावरणको विनाशमा सघाउ पु¥याउँछ र बिस्तारै धेरै किसिमका जीवजन्तुहरू लोप हुने अवस्थामा पुग्छन् । आजको विश्वमा जैविक विविधताको विनाश गर्ने काम सबभन्दा बढी मान्छेले नै गरेको छ र यसको संरक्षण गर्ने प्रयास पनि मान्छेबाट नै भइरहेको छ ।
जैविक विविधता भन्नाले पृथ्वीमा पाइने जल, स्थल, सीमसार, मरुभूमि वा हिम प्रदेशमा पाइने साना–ठूला सबैखाले जीवजन्तु तथा विरुवा, वनस्पतिहरूको जातिगत, आनुवंशिक भिन्नतालाई बुझाउ“छ । जैविक विविधता प्राणी, वनस्पति तथा सूक्ष्म जीवहरूको जाति प्रणालीमा आएको विभेद भन्ने बुझिन्छ । यो भिन्नता उनीहरूको वंशाणुगत गुणमा आउने परिवर्तन र पर्यावरणमा हुने क्रमिक परिवर्तन हो । जैविक विविधताको शाब्दिक अर्थ जीव तथा जीवजन्य र यसको विविधतालाई जनाउ“छ । अतः जैविक विविधता भन्नाले यो पृथ्वीमा पाइने जल, स्थल वा सीमसार क्षेत्र मरुभूमि वा हिम प्रदेशमा पाइने साना–ठूला सबैखाले जीवजन्तु तथा विरुवा वनस्पतिहरूको भिन्नतालाई जैविक विविधता भनिन्छ । यसअन्तर्गत साना–साना जीवदेखि लिएर भीमकाय जनावर हात्ती ह्वेल तथा लेउ, झ्याउदेखि लिएर ठूला–ठूला रूखहरूसमेत समावेश भएका हुन्छन् र यिनीहरूको भिन्नताको समग्र रूपलाई नै जैविक विविधता भनिन्छ । मानव जातिले यस्ता स्रोतहरूको उपयोग गर्दा वा अन्य कुनै कारणले यी जीवजन्तु तथा वनस्पतिको अस्तित्व संकटमा पर्नबाट जोगाउने कार्यलाई जैविक विविधता संरक्षण भनिन्छ । जैविक विविधता स्थानअनुसार फरक पर्छ । अतः कुनै एक स्थानको जैविक विविधता भन्नाले प्रतिएकाइ वर्गमा विद्यमान जीवाणु, वंशाणु, प्राणी र त्यहा“को परिस्थितिकीय प्रणालीलाई जनाउ“छ ।
वातावरण संरक्षण ऐन, २०५३ अनुसार जैविक विविधता भन्नाले ‘परिस्थितिकीय प्रणालीको विविधता प्रजातीय विविधता र जैनेटिक (वंशाणु) विविधता सम्झनुपर्छ’ भन्ने उल्लेख भएको छ । त्यसैगरी संरक्षण भन्नाले सुरक्षा, स्याहार, संहार, संवद्र्धन, व्यवस्थापन तथा सदुपयोगलाई जनाउँछ । अतः जैविक विविधताको संरक्षण भन्नाले परिस्थितिकीय प्रणालीको विविधताको संरक्षण, प्रजातीय विविधताको संरक्षण र वनस्पति विविधताको संरक्षणलाई जनाउँछ ।
जैविक विविधताभित्र निम्न पक्षहरू महŒवपूर्ण देखिन्छन् :
प्रजातीय विविधता
वंशाणुगत गुणमा विविधता
पर्यावरणीय विविधता
प्राणीहरूमा हुने विविधता
नेपालमा पाइने ८ सय ५७ प्रजातिका चराहरू हाल वातावरणीय प्रदूषणले गर्दा संकटमा छन् । संसारकै करिब ८ प्रतिशत चराहरू नेपाली आकाशमा रहेता पनि दिनहुँ बढ्दै गइरहेको वातावरणीय विनाशले गर्दा यो प्रतिशत घट्ने कुरामा कुनै शंका छैन । नेपालको मध्यपहाडी भेगमा मात्रै विश्वमै दुर्लभ पन्छी काँडे भ्याकुरलगायत २९ प्रजातिका दुर्लभ चराहरू पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०३० बमोजिम ९ जातिका चराहरू संरक्षणमा रहेका छन् । यद्यपि नेपाली भूभागबाटै विगतका १ सय वर्षमा करिब ९ प्रकारका चराहरू लोप भइसकेका छन् । त्यसैगरी सबैभन्दा अग्लो ५.५ फिटको चरा ‘सारस’ तराई भागमा अत्यधिक मात्रामा पाइन्छ । हाम्रो देशका कतिपय अनुपम सृष्टिहरू हाम्रै लापरवाहीका कारण अस्तित्वविहीन भइसकेका छन् ।
नेपालमा गुरा“सका ३० प्रजातिहरू पाइएका छन् । टीएमजी क्षेत्रमा यसका २५ जाति–प्रजातिहरू रहेको गुरा“से वनहरू छन् । लालीगुरा“सको एउटा प्रजातिले सन् १९६२ मा नेपालको राष्ट्रिय फुलको दर्जा पायो । यसका ८५० प्रजातिहरू पृथ्वीको पूर्वी उत्तरी गोलाद्र्धमा समुद्री सतहबाट १४ सयदेखि ५६ सय मिटरसम्मको उचाइमा रहेका छन् । लालीगुरा“स भने १४ सयदेखि ३६ सय मिटरसम्मको उचाइमा विभिन्न रंगमा फुल्ने गरेको पाइएको छ । वसन्त ऋतुमा गाढा रातो, फिका रातो र सेतो रंगमा भू–उच्चताको हिसाबले लालीगुरा“स फुल्छ । फिका रातो तथा हल्का सेतो करिब ३ हजार मिटरको उचाइ र २ हजार मिटर जतिमा निखर रातो रंगमा फुल्ने गर्छ । जैविक विविधताको सन्दर्भमा दक्षिण एसिया एक अलग उपमहाद्वीपको रूपमा स्थापित छ । दक्षिण एसिया सामुद्रिक जीव तथा वनस्पतिदेखि ८,८४८ मिटर अग्लो सगरमाथा, क्षेत्रसम्म पाइने जैविक स्रोतको धनी उपमहाद्वीप हो । दक्षिण एसियामा रहेको भौगोलिक, जनजाति तथा जनसंख्या र सांस्कृतिक विविधताको दृष्टिकोणले सबैभन्दा ठूलो देश भारतमा लगभग २ लाख जीवित जीवाणुले बसोबास गर्छन्, जसमध्ये ७५ हजार जीवजन्तुका प्रजातिहरू, ४५ हजार वनस्पतिका प्रजातिहरू पर्छन् । तर, यस क्षेत्रको जैविक विविधता दु्रत गतिले नाश हुँदै गइरहेको छ । अझ विश्व व्यापार संगठनको सदस्यता लिइसकेका देशहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा दरिलो बौद्धिक सम्पति अधिकार लागू गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारणले जैविक विविधताको लोप अझ तीव्र हुँदै जाने सम्भावना प्रबल रहेको बताइन्छ । नेपाल भौगोलिक क्षेत्रका हिसाबले सानो भए पनि जैविक विविधताको दृष्टिले ज्यादै सम्पन्न छ ।
आर्थिक सर्वेक्षण २०७६/७७ मा उल्लेख गरिएअनुसार नेपालको कुल भूभागको ४०.४ प्रतिशत वन र ४.४ प्रतिशत झाडी तथा बुट्यान गरी कुल क्षेत्र गरी कुल क्षेत्रफलको ४४.७ प्रतिशत वन क्षेत्रले ओगटेको छ । नेपालको भू धरातलीय आधारमा हेर्दा सबैभन्दा बढी वन क्षेत्र मध्य पहाडमा छ भने सबैभन्दाकम क्षेत्र तराईमा रहेको छ । कुल वन क्षेत्रको सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा र सबैभन्दा कम प्रदेश नं. २ मा रहेको छ । प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा वढी वन क्षेत्र सुदूरपश्चिम प्रदेशमा छ भने सबैभन्दा कम प्रदेश नं. २ मा रहेको छ । प्रदेश नं. २ मा ८४, प्रदेश नं. १ मा १३ प्रदेश नं. ५ मा ९ गरी १ सय ६ स्थानीय तहमा वन क्षेत्र नभएको स्थिति छ । गाउँपालिकाको तुलनामा नगरपालिकामा वन क्षेत्र बढी रहेको छ । सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशको गाउँपालिकामा रहेको छ भने र सबैभन्दा कम प्रदेश नं. २ को गाउँपालिकामा रहेको छ । नगरपालिकामध्ये सबैभन्दा बढी वन क्षेत्र सुदूरपश्चिम प्रदेशको नगरपालिकामा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशको नगरपालिकामा रहेको छ । उपमाहानगरपालिकामध्ये बढी वन क्षेत्र प्रदेश नं. ५ को उपमहानगरपालिकामा रहेको छ । महानगरपालिकाको हकमा पोखरा महानगरपालिकामा सबैभन्दा बढी वनक्षेत्र रहेको छ । आर्थिक वर्ष २०७६/७७ को फागुनसम्ममा २२ हजार ४ सय १५ समुदायिक वन उपभोक्ता समूहमार्फत २२ लाख ७२ हजार ३ सय ५६ हेक्टर वन क्षेत्रको व्यवस्थापन भई २९ लाख २७ हजार ३ सय २९ घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । गरिबीको रेखामुनि रहेका समुदायको जीविकोपार्जनमा सुधार र वन संरक्षणमा समेत टेवा पु¥याउने ७ हजार ८ सय ४६ समूहलाई ४५ हजार २ सय ८२ हेक्टर वन कबुलियती वनको रूपमा हस्तानान्तरण भइसकेको छ । तराईका विभिन्न १२ जिल्लामा ३१ साझेदारी वनको ७३ हजार १२ हेक्टर वन क्षेत्रमा वैज्ञानिक व्यवस्थापनको सुरु गरिएको छ । यसवाट ८ लाख ६४ हजार १५ घरधुरी लाभान्भित भएका छन् ।
हरेक क्षण हिमालदेखि समुद्री गहिराइसम्म प्रकृतिमा रहेका सूक्ष्म ती सूक्ष्म जीवणु, वनस्पति, जीवजन्तु आदिद्वारा वातावरणीय शुद्धि, हावाको परिपूर्ति वा शुद्धि, पानीको शुद्धि, खाद्यान्नको उत्पादनका साथै अनेकौं विषादी तŒवहरूको प्रशोधन वा शुद्धि भइरहेको हुन्छ । कैंयौ रोगकारक जीवाणुहरूको नाश वा रोग प्रतिरोधात्मक लागि प्राकृतिक वनस्पति वा जीवहरूको प्रयोग अति महत्व हुन्छ पिपल, वर, तुलसी, नीमजस्ता औषधीजन्य बृक्ष र मौरी, गड्यौंलाजस्ता जीवजन्तुहरू पर्यावरणीय चक्रका अंशहरू हुनुका साथै मानवीय अस्तित्वको दिगोपनाका प्रमुख आधार भएको हुँदा यी वनस्पति र जीवजन्तुसित मानिसको सुसम्बन्धको अपरिहार्यता छ । विश्वमा नै विशेषतः हाम्रो जस्तो मुलुकमा यससम्बन्धी सहविचार र सहकार्यको अभाव खड्केको छ । प्रतिदिन सवारी साधन र घरभित्रबाट निस्किने धूवाँ, खेती अन्न बालीमा प्रयोग गरिने रासायनिक मल एवं कीटनाशक द्रव्य, औद्योगिक प्रदूषण, रेडियोधर्मी प्रदूषणका साथै प्रकृतिमा रहेका जैविक वा अन्य स्रोतहरूको अत्यधिक उपयोगले गर्दा वातावरणमा ठूलो ह्रास भइरहेको छ । दिनानुदिन कैयौं सूक्ष्म जीवाणु, अन्नबाली, वनस्पति एवं जीवजन्तुका प्रजातिहरू लोप वा लोपोन्मुख भइरहेका छन्, जसले गर्दा जैविक विविधताको सन्तुलन एवं अस्तित्वमा ठूलो संकट आइपरेको छ । (स्रोत : डा. ऋषिराम कोइराला, ‘जैविक विविधता र स्वास्थ्य’, जैविक विविधता र स्वास्थ्य जैविक विविधता दिवस, २०६१ जेठ ९ पेज) । जैविक विविधताको महŒव गहन छ । मानिसको विकास र जैविक विविधता एक आपसमा अन्तरनिहित छन् । यसको महŒव मानिसको गाँसबाँस, जीवनशैली, सामाजिक गतिविधि, आर्थिक पक्ष आदिसँग गाँसिएको छ । जैविक विविधता नेपाली अर्थतन्त्रको आधारशिला मात्र होइन, देशको आर्थिक विकासका लागि तुलनात्मक फाइदा भएको क्षेत्र पनि हो । तर, यी जैविक तथा प्राकृतिक साधनहरू आजसम्म देशको आर्थिक विकासका लागि लाभदायक किसिमले व्यवस्थापन, विकास तथा सदुपयोग गर्न सकेको छैन । जैविक विविधता जलवायु परिवर्तनलाई समायोजन गर्न तथा गरिबी घटाउन अति आवश्यक साधन मानिन्छ । विश्व अर्थतन्त्रको ४० प्रतिशत र गरिबको आवश्यकताको ८० प्रतिशत अंश जैविक साधनबाट प्राप्त हुन्छ । वातावरणीय प्रणालीले प्राणीलाई स्वस्थ रूपले बाँच्नका लागि विभिन्न सेवा प्रदान गर्छ । यसले हावाको गुणस्तरीयता तथा जलवायु परिवर्तनलाई नियमन गर्छ । माटोको उर्वरा कायम राख्छ, साथै यसले मानिसलाई आवश्यक आवास, सांस्कृतिक तथा मनोरञ्जनात्मक सेवासमेत प्रदान गर्छ । विश्वव्यापी वातावणीय प्रणालीले प्रदान गर्ने कुल मौद्रिक मूल्य विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको मूल्यभन्दा बढी छ । विश्वव्यापी वातावरणीय प्रणालीले प्रदान गर्ने वस्तु तथा सेवाको आर्थिक मूल्य १६ हजारदेखि ५४ हाजार अर्ब डलर छ । जबकि विश्वको कुल राष्ट्रिय उत्पादन प्रतिवर्ष १८ हजार अर्ब अनुमान गरिएको छ । त्यसकारण जैविक विविधतामा सन्तुलन कायम राख्नाले जीवित प्रणी, आर्थिक विकास तथा वर्तमान पुस्ता एवं भावी पुस्ताको मानवीयताको सुरक्षामा सन्तुलन कायम रहन्छ । एउटा स्वस्थ्य जैविक विविधता तथा वातावरणीय प्राणालीले मानवीय जीवनलाई संरक्षण प्रदान गर्ने मात्र होइन, यसले आर्थिक समुन्नति तथा मानिसलाई सुख, सुरक्षा प्रदान गर्छ । त्यसैले जैविक विविधताको संरक्षण दिगो प्रयोग आजको आवश्यकता र चुनौती हो । वातावरणीय विनाशले अनिकाल, बाढी, जलवायु परिवर्तन तथा महामारीजस्ता प्राकृतिक विपद् ल्याउँछ । प्राकृतिक सम्पदाको प्रयोग वातावणीय सन्तुलन कायम राख्न दिगो किसिमले गर्नुपर्छ । जैविक विविधतामा नेपाल विश्वकै ३५ औँ स्थानमा छ र दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा छ । नेपालमा राष्ट्रिय निकुञ्ज निम्न प्रकारका छन् :
१. शाही चितवन राष्ट्रिय निकुञ्ज, २. सगरमाथा राष्ट्रिय निकुञ्ज, ३. लाङटाङ राष्ट्रिय निकुञ्ज, ४. शाही बर्दिया राष्ट्रिय निकुञ्ज, ५. रारा राष्ट्रिय निकुञ्ज, ६. शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, ७. खप्तड राष्ट्रिय निकुञ्ज, ८. मकालु वरुण राष्ट्रिय निकुञ्ज, ९. शाही शुक्लाफाँट वन्यजन्तु आरक्ष, १०. कोसीटप्पु वन्यजन्तु आरक्ष, ११. पर्सा वन्यजन्तु आरक्ष, १२. शिवपुरी जलाधार तथा वन्य जन्तु आरक्ष ।
देशको जैविक सम्पत्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारणले प्रभावित भइरहेको छ । मौसम परिवर्तन र त्यसको विश्वव्यापी प्रभाव पर्यावरण प्रदूषणसहित जैविक विविधतामा ह्रास आउने कारण बनेको छ । यसका अतिरिक्त जैविक विविधतामा ह्रास आउने विभिन्न कारणहरू छन् । जसलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ : जनसंख्या वृद्धि, गरिबी र सहरीकरण, वन विनाश, अवैध सिकार र चोरी निकासी । अप्राकृतिक रूपमा प्रयोग हुने रासायनिक मल, कीटनाशक औषधिको प्रयोग । कानुन तथा नीति नियमको फितलो कार्यान्वयन । जैविक स्रोतको अध्ययन–अनुसन्धान तथा संरक्षण अवधारणाको विकासको अभाव । औद्योगीकरण, मौसम परिवर्तन । प्राकृतिक रूपमा हुने प्रकोपहरू (बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि आदि) ।

वर्तमान पन्ध्रौं योजना २०७६–२०८१ मा जैविक विविधता तथा वातावरण व्यवस्थापन कार्यक्रम
सोच
सफा, स्वच्छ, हरित वातावरण
लक्ष्य
प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन र हरियाली प्रवद्र्धन गरी नागरिकको स्वच्छ रस्वाथ्य वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने ।
उद्देश्य
१. जल, वायु, माटो, ध्वनि तथा विद्युतीय तथा विद्युतीयलगायत सबै प्रकारका प्रदूषणको रोकथाम र नियन्त्रण गर्नु ।
२. जल, वायु, माटो, ध्वनि तथा विद्युतीयलगायत सबै प्रकारका प्रदूषणको रोकथाम र नियन्त्रण गर्नु ।
२. भौतिक पूर्वाधारको विकास र प्राकृतिक क्षेत्रलगायत सबै क्षेत्रबाट सिर्जित फोहरमैलाको व्यवस्थापन, नदीको स्वच्छता कायम र हरियाली विस्तार गर्नु ।
३. प्रदूषण नियन्त्रणसहितको वातावरण व्यवस्थापनका लागि आवश्यक नीति, कानुन र प्रभावकारी संरचना निर्माण गर्नुका साथै शोध, अनुसन्धान र क्षमता अभिवृद्धि गर्नु ।
वातावरण संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव अनुकूलन गर्दै समष्टिगत विकासका लक्ष्यहरू हासिल गर्ने महŒवपूर्ण सवाललाई मध्यनजर गरी नेपालले यस क्षेत्रमा भएका अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिहरूको अनुमोदन तथा सम्मिलन गर्दै तदनुरूप राष्ट्रिय नीति, कानुन तथा संस्थागत संयन्त्रहरूको व्यवस्था गरेको छ । वातावरणीय पक्षमा पर्ने प्रभाव तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हरित विकासको अवधारणालाई आत्मसात् गरिएको छ । सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थासमेतको सक्रियतामा राष्ट्रिय तथा स्थानीय अनुकूलनका लागि रणनीतिक कार्यक्रमहरू, कार्बन व्यापारको थालनी, वातावरणीय संवेदनशीलताका मुद्दाहरूको आन्तरिकीकरण र सम्बोधनजस्ता प्रयासहरू भइरहेका छन् । साथै जलवायु परिवर्तनका क्षेत्रमा भएका सार्वजनिक खर्च यकिन गर्न पहिलो पटक नेपालमा जलवायु परिवर्तन बजेट संकेतको व्यवस्था गरिएको छ ।
राष्ट्रिय अनुकूलन कार्यक्रमलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय अनुकूलन कार्यक्रमलाई अघि बढाउने कार्य भइरहेको छ । त्रिवर्षीय योजना अवधिमा वातावरणीय नियमावली, निर्देशिका र मापदण्डको कार्यान्वयनको अनुगमन तथा व्यवस्थापन, वातावरणीय परीक्षण, जलवायु परिवर्तन अनुकूलन तथा प्रभाव न्यूनीकरण, प्रविधि विकास तथा प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम, वातावरण सचेतना अभिवृद्धि तथा प्रवद्र्धन कार्यक्रम, वातावरण तथा जलवायु परिर्वतनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि÷महासन्धिहरूको कार्यान्वयन अवस्थाको अध्ययन सम्पन्न भएको छ । साथै दीर्घायु विषादीको सुरक्षित व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न भएको छ । वातावरणसम्बन्धी सन्धि/महासन्धिहरूको अनुमोदन गरी वातावरण संरक्षण र दिगो विकासलाई नेपालमा कार्यरूप दिन कार्यक्रमहरू कार्यान्वयनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्