Logo

न्यानो खोज्दै बेसीतिर भेडीगोठ

लमजुङ-हिउँदको चिसो सुरु भएसँगै लमजुङको हिमाली भेगमा राखिएका भेडीगोठ बेंसी झार्न थालिएको छ । चिसो बढ्न थालेपछि अहिले भेंडी गोठ बस्ती नजिकैका डा“डामा सारिएको हो । पुख्र्याैली चलन र पेशा पहिलेभन्दा केही घटे पनि लमजुङमा अझै भेडीगोठ छन् । उत्तरपश्चिम लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना लमजुङ हिमालको का“ठ दूधपोखरीस्थित थुर्जु लेकमा राखिन्थ्यो ।
हाल लमजुङको भुजुङ, पसगाउ“, सिङ्दी, घनपोखरा, ताघ्रिङ, घलेगाउ“ लगायतका गाविसमा भेडीगोठ छन् । जिल्ला पशुसेवा कार्यालय लमजुङका अनुसार ती भेडीगोठमा १० हजार बढी भेडाबाख्रा रहेको अनुमान छ । लमजुङमा भेडीगोठहरू ६ महिना लेक र ६ महिना बेंसीमा राखिन्छ ।
लमजुङ हिमालको काखमा रमाएर बसेका भेडीगोठालेहरू पर्यटकीय मौसमको सुरुवातसँगै गाउँ झरेपछि पर्यटकीय गाउँहरू थप आकर्षक भएका छन् । विशेषगरी घलेगाउँ, घनपोखरा,
जुङलगायत आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने गाउँहरूमा यो सिजनमा भेडीगोठ विशेष आकर्षण बन्ने गरेका छन् ।
अहिले बस्ती नजिक सारिएको भेडीगोठहरू पुनः वैशाख जेठदेखि लेकमा फर्काइन्छ । गर्मी मौसम सुरु भएलगत्तै उनीहरू पुनः उच्च हिमाली भेगका खर्कमा पुग्ने गरेका छन् । उच्च हिमाली भेगहरूमा राम्रो चरन क्षेत्र र घाँसे मैदान भएको कारण उनीहरू बर्खाको मौसम पारी भेडीगोठसहित लेक तथा खर्कहरूमा पुगेका हुन् । लमजुङका ग्रामीण भेगका बासिन्दाले भेडापालन ब्यवसाय अंगाल्दै आए पनि आधुनिक र ब्यावसायिक रूप भने पाउन सकेको छैन ।

घुम्ती भेडीगोठबाट करोडौं बढी आम्दानी
जिल्लाका उत्तरी भागमा रहेका भेडीगोठबाट करोडभन्दा बढी आम्दानी भएको छ । विभिन्न स्थानमा भएका घुम्ती भेडीगोठबाट सो रकम आम्दानी हुने गरेको जिल्ला पशुसेवा कार्यालय लमजुङले जनाएको छ ।
भेडीगोठमा रहेका भेडाहरूको उन तथा मासुबाट मात्रै १० करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने गरेको पशुसेवा कार्यालयका पशुविकास अधिकृत खिला शर्मा घिमिरेले बताए । कार्यालयका अनुसार लमजुङमा साविक २१ वटा गाविसमा ८० भन्दा बढी भेडीगोठ रहेका छन् । ती भेडीगोठमा करिब २५ हजार भेडाबाख्रा रहेको पशुविकास अधिकृत घिमिरेले बताए । घुम्ती भेडीगोठमा पालिएका भेडाबाट मात्रै वार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । प्रतिकिलो ५ सयका दरमा भेडाको मासु बिक्री हुने गर्दछ । भेडाको मासुबाट मात्रै १० करोडभन्दा बढी रकम आम्दानी हुने गरेको घिमिरेले बताए ।
यसैगरी सो भेडिगोठमा भएका भेडाबाट वार्षिक पाँच हजार किलो ऊन उत्पादन हुने पशुविकास अधिकृत घिमीरेले बताए । उत्पादित ऊनमध्ये आधाजसो मात्रै बिक्री गर्ने गरिएको छ । ऊनबाट वार्षिक दुई लाख ५० हजार आम्दानी हुने पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । भेडाको उनबाट स्थानीयले राडी पाखीलगायत उनका कपडा बनाएर बिक्री गर्ने गर्दछन् ।
त्यसैगरी भेडीगोठमा पालिएका बाख्राबाट पनि करोडौ आम्दानी हुने गरेको छ । घुम्ती भेडीगोठमा आठ हजारभन्दा बढी बाख्रा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार घुम्ती भेडीगोठबाट वार्षिक एक सय २० मेट्रिक टन मासु उत्पादन हुने गर्दछ । खसीबोकाको मासुबाट मात्रै ६ करोडभन्दा बढी आम्दानी हुने पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । किसानहरूले वार्षिक एक करोड ४० लाख नाफामात्रै आम्दानी गर्दछन् । भेडीगोड भएका कृषकले आफ्नो घरखर्च कटाएर नै सो नाफा आम्दानी गरेको पशु विकास अधिकृत घिमिरेले बताए ।
फरक फरक स्थानमा भएका भेडीगोठको तथ्यांक लिने क्रममा उनीहरूको आम्दानीको पनि तथ्यांक राखिएको घिमिरेको भनाइ छ । जिल्लामा आठ सय ५८ घरले घुम्ती भेडीगोठमा भेडा पालन गरेका छन् । घुम्ती भेडीगोठमा पालिएका भेडा अधिकांश पोखरा, काठमाडौं लगायतका क्षेत्रमा निर्यात हुने गरेका छन् । मासुजन्य उपभोगका लागि भेडा तथा बाख्रा सहरमा निर्यात गरिएका छन् ।
जिल्लामा व्यावसायिक भेडीगोठबाट सम्भावना भएर पनि अपेक्षित आम्दानी हुन नसकेको सरोकारवालाको भनाइ छ । भौगोलिक विकटता, राज्यको न्यून पहँुच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन नसकेको सरोकारवाला बताउँछन् ।
सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्