लगानीकर्तासंग आवद्ध हुन स्टार्टअपलाई आह्वान «

लगानीकर्तासंग आवद्ध हुन स्टार्टअपलाई आह्वान

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले मेन्टरसिप सहयोगसहित इच्छुक उद्यमी (स्टार्टअप) हरूसँग आजबाट आवेदन आह्वान गरेको छ । आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको महासंघले जनाएको छ । समितिले गएको चैत ९ गते पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेभसाइट मार्फत प्राप्त गर्न सकिने छ ।
महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताको समूहमा रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्ने बताइएको छ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको महासंघले जनाएको हो ।
एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिवद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्ने बताइएको छ ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्टे«शनहरू, प्यान÷भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक÷संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्