Logo

ठगी आरोपमा हार्डवेयरमा शिलबन्दी

गुणस्तर तथा नापतौल विभागले बालाजुमा रहेको राजेश हार्डवेयरले कम तौलका फलामे डन्डी बिक्री गरेको आरोपमा विक्री वितरण रोक्का गरेको छ । सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेखित परिमाणभन्दा कम डन्डी बिक्री गरेको गुनासोपछि निरीक्षण गर्दा भेटिएकाले ती वस्तु नियन्त्रणमा लिई शिलबन्दी गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार, शाखा प्रमुख कमल शर्मालाई प्रहरी नियन्त्रणमा लिनुका साथै छानबिनका लागि विभागमा उपस्थित हुन निर्देशनसमेत दिएको छ । विभागका अनुसार, उक्त हार्डवेयरबाट उपभोक्ताको उजुरी परेपछि दुई पटक खरिद गर्दासमेत कम तौल देखिएपछि ठगी गरेको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्