ग्राफ्टिङ नगरेका स्याउका विरुवा बिक्री

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ओखर प्रर्बद्धन कार्यक्रम सञ्चालन गर्न बजेटसहित नीति ल्यायो । सोही अनुसार करिब १९ लाख लागतमा ओखर प्रर्बद्धन कार्यक्रमका लागि विरुवा खरिद गर्न टेण्डर आह्वान गरियो । स्थानीय लालबहादुर जिसीको कनकासुन्दरी एग्रो हबलाई विरुवा खरिदको टेण्डर प-यो ।
बोलपत्रमा स्थानीय जातकै ओखरका विरुवा हुनुपर्ने स्पष्ट उल्लेख भएको छ । सोही अनुसार कनकासुन्दरी एग्रो हबका सञ्चालक जिसीले जुम्लाका विभिन्न नर्सरी धनीबाट विरुवा खरिद गरे । १९ लाख लागतका करिब २ हजार ९ वटा विरुवा खरिद गरी कनकासुन्दरी पु-याइयो ।
कनकासुन्दरी गाउँपालिकाका किसानलाई ७५ प्रतिशत अनुदानमा विरुवा गाउँपालिकाले वितरण ग-यो । विरुवा रोपिसकेको करिब एक महिनापछि कनकासुन्दरी ४ लेकपर का किसान पुन्न बुढाले पालिकाले ग्राफ्टिङ नगरेका नक्कली ओखरका विरुवा दिएर ठगेको बताए । ठेकेदार, कृषि शाखाको मिलेमत्तोमा नक्कली विरुवा किनेर किसानलाई ठगेको समेत आरोप लगाइयो ।
ग्राफ्टिङ नगरिएको विरुवा वितरण भएको हल्लापछि विभिन्न कृषि विज्ञ ल्याएर समेत विरुवा जाँच गरियो । सुरुमा जाँच गरिएका ६ वटा विरुवा मध्ये ४ वटा संस्काशपद भेटिए । अधिकांश किसान तथा विज्ञले विरुवा ग्राफ्टिङ नै नभएको ठम्याए । वितरण गरिएका २९ सय विरुवा मध्ये अधिकांश विरुवा ग्राफ्टिङनै नभएका भेटिएपछि खरिदकर्ता कनकासुन्दरी एग्रो हब प्रालिका सञ्चालक जिसीले अनुसन्धान गर्दा नर्सरीधनीबाटै बेइमानी भएको बताए ।
कनकासुन्दरी गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा खरिदकर्ता, गाउँपालिका भन्दा पनि नर्सरीधनीको बेइमानीका कारण स्याउ किसान, ठेकेदार सबै ठगिएको जिसीले स्पष्ट गरे । केही व्यक्तिले पूर्वाग्रही ढंगबाट बोलेपनि अहिलेसम्म विरुवा खरिदको भुक्तानी पनि नलिएको नर्सरीधनीको विश्वास गरेकै कारण समस्या भएको जिसीले उल्लेख गरे । जम्मा २९ सय विरुवा मध्ये साढे १३ सय विरुवा मात्रै जुम्ली विरुवा छन् । बाँकी १७ सय जुम्ली विरुवाका नाममा कास्मिरी विरुवा रहेको बताइएको छ ।
जुम्ली विरुवाका नाममा कास्मिरका त्यो पनि ग्राफ्टिङनै नगरिएका नक्कली विरुवा बच्ने नर्सरीधनीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । जुम्ली विरुवा भन्दै बाहिरका दलालसँग मिलेर नर्सरीधनी तिला ८ का हंश बस्नेतले जुम्लाका तिला, तातोपानी र कनकासुन्दरीका किसानलाई ठगीरहेको पाइएको छ । नर्सरीधनी बस्नेतका नाममा मुद्दा हाल्ने र कानुनी कारवाहीका लागि अघि बढ्ने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए ।
तर यता नर्सरीधनी तिला ८ का बस्नेतले आफूले बाहिरकै मान्छेबाट विरुवा ल्याएको बताए । बैतडीमा रहेको पुर्चौउली एग्रो हबका निर्देशक दिपक धानुले विरुवा पठाउने गरेको उनको भनाइ छ । नक्लली विरुवा विभिन्न जिल्लामा पठाउने बैतडीका दिपक धानुलाई रामेछापबाट विरुवा खरिदकर्ता जिसीले जुम्ला ल्याएर १७ सय विरुवाको क्षतिूुर्ति समेत मागीसकेका छन् । नक्कली विरुवा बिक्री गर्ने रविन धानु सञ्चालक रहेको बैतडीको पुर्चौउली एग्रो हब प्रालिका निर्देशक दिपक धानुले विभिन्न जिल्लामा नक्कली विरुवा बिक्री गरेको स्वीकारका छन् ।