सडक र पुल निर्माण गर्न ७२ करोड

दाङमा यस वर्ष सडक र पुल निर्माणका लागि प्रदेश सरकारले ७२ करोड बढी रकम छुट्याएको छ । जिल्लाका विभिन्न स्थानका ६ स्थानमा नयाँ पुलनिर्माण र ५० बढी सडकको स्तरवृद्धिका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षमा ७२ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय दाङका निमित्त प्रमुख वाशुदेव भण्डारीका अनुसार यस वर्ष समानीकरण शीर्षकमा ६ वटा नयाँ पुल निर्माण र ३७ वटा सडकको स्तरवृद्धिका लागि ६० करोड ३३ लाख ३८ हजार रपैयाँ विनियोजन गरेको बताए । त्यस्तै सशक्त अनुदानतर्फ जिल्लामा पहिलो वर्ष १३ वटा सडकका लागि ६ करोड २० लाख रुपैयाँ र राष्ट्रिय ग्रामीण सडक सुदृढीकरण कार्यक्रम अन्तर्गत ५ करोड ८० लाख रुपैयाँ कार्यालयले विनियोजन गरेको निमित्त कार्यालय प्रमुख भण्डारीले बताए । कार्यालयले बजेट विनियोजन भए पनि प्रदेश सरकारले काम गर्न अख्तियारी नदिएकाले काम सुरु गर्न नसकिएको उनले बताए । “बजेट विनियोजन भएको पहिलो चौमासिक सकिएको छ,” निमित्त कार्यालय प्रमुख भण्डारीले भने, “तर मन्त्रालयले काम गर्नका लागि अख्तियारी नदिँदा काम गर्न सकिएको छैन ।” संघीयता कार्यान्वयनमा रहेकाले प्रदेश मन्त्रालयले ढिला गरी जिल्लामा कार्यालय स्थापना गरेकाले पनि जिल्लामा भौतिक पूर्वाधारको काम हुन नसकेको हो । दाङमा पूर्वाधार विकास मन्त्रालय यही मंसिर २ गते स्थापना भएको हो । कार्यालयले गतवर्ष जिल्ला प्राविधिक कार्यालयले जिल्लामा गर्दै आएका विकास निर्माण कार्य गर्ने भएको छ । प्रदेश सरकारले यस आर्थिक वर्षमा नियोजन गरेका नयाँ योजनासँगै गत वर्षसम्म जिल्ला प्राविधिक कार्यालयले जिल्लामा सडक तथा पुल निर्माणका क्षेत्रमा गर्दै आएका विकास निर्माणका कार्य गर्ने गरी कार्यालय स्थापना भएको उनले बताए ।यस वर्ष कार्यालयले पश्चिम दाङको पवननगर–पुरन्धारा जोडने च्याटी खोलामा, गढवा–गंगापरस्पुर जोड्ने जनरेल खोलालगातका ६ स्थानमा नयाँ पुल निर्माण गर्ने भएको छ । जसअनुसार यी दुई वटा पुलको डीपीआरसमेत गरिएको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयले अन्य स्थानमा सडकको स्तरोन्नतिसँगै सडक पिच गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
तिक पूर्वाधारको काम हुन नसकेको हो । दाङमा पूर्वाधार विकास मन्त्रालय यही मंसिर २ गते स्थापना भएको हो । कार्यालयले गतवर्ष जिल्ला प्राविधिक कार्यालयले जिल्लामा गर्दै आएका विकास निर्माण कार्य गर्ने भएको छ । प्रदेश सरकारले यस आर्थिक वर्षमा विनियोजन गरेका नयाँ योजनासँगै गत वर्षसम्म जिल्ला प्राविधिक कार्यालयले जिल्लामा सडक तथा पुल निर्माणका क्षेत्रमा गर्दै आएका विकास निर्माणका कार्य गर्ने गरी कार्यालय स्थापना भएको उनले बताए ।
यस वर्ष कार्यालयले पश्चिम दाङको पवननगर–पुरन्धारा जोडने च्याटी खोलामा, गढवा–गंगापरस्पुर जोड्ने जनरेल खोलालगातका ६ स्थानमा नयाँ पुल निर्माण गर्ने भएको छ । जसअनुसार यी दुई वटा पुलको डीपीआरसमेत गरिएको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयले अन्य स्थानमा सडकको स्तरोन्नतिसँगै सडक पिच गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।