गंगामाया अधिकारीको अनसनको ८० औं दिन, मानव अधिकारवादीद्वारा जीवनरक्षाको अपिल

१६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको मागगर्दै अनसनरत गंगामाया अधिकारीको जीवनरक्षाका लागि मानव अधिकारवादीले अपिल गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर वीर अस्पतालमा अनसनरत गंगामायाको जीवन रक्षाको अपिल गरेका हुन् । ०७७ पुस ६ गतेदेखि बुधबारसम्म गंगामायाको अनशनको ८० औं दिन पुगेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्यप्रा. डा. कपिल श्रेष्ठले गंगामाया संघर्ष र न्यायको पर्याय भएको बताए । उनले देशमा न्यायका लागि शान्तिपूर्ण संघर्ष गर्दा बेवास्ता हुने गरेको टिप्पणी गरे । देश राज्य नै नभएको जस्तो भइसकेको बताए । उनले भने, ‘नेपालको राजनीति र सत्तापक्षमा घटिरहेको घटनालाई हेर्दा यो राज्यनभएको जस्तो छ ।’ राज्यले बन्दुके र सन्दुकेको भाषामात्र बुझ्ने गरेको टिप्पणी गर्दै भने,‘यो देशमा बन्दुक बोकेर आतंक मच्चाउनेका लागि मात्र हो ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिंह केसीले राज्य अत्यन्तै गैरजिम्मेवारी भएको आरोप लगाए । ‘एउटी नारीले अन्यायको लागिन्याय देउभन्दा दपनि राज्यले सुन्दैन, मुखदर्शक भएर बस्छ भने यो राज्यअत्यन्तै गैरजिम्मेवारी छ,’ उनले भने, ‘यो लोकतन्त्र, विधिको शासन, कानुनी राज्यको विरुद्वमा भएको सरकार छ ।’ केसीले सबै देशवासीहरूलाई गंगामायाको न्यायको यो मुद्दामा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले गंगामायाको जीवन संकटमा भएको बताए । गंगामाया दण्डहिनताको आन्दोलनको प्रतीक हुनभन्दै उनले न्यायको जित हुने बताए । उनले भने, ‘दक्षिण एसियाकै केसमा मात्रै नभएर विश्व इतिहासमा नै गंगामाया जस्तो साहसी, निडर महिलाजो न्यायको पक्षमा अविराम युद्ध गर्ने महिला, जो न्याय प्रश्नमा कुनै सम्झौता नगर्ने विश्वजगतमा नै विरलै भेटिन्छिन् ।’
न्यायका लागि मानव अधिकार राष्ट्रिय संजालको संयोजक तथा अधिवक्ता इन्दप्रसाद अर्यालले गंगामाया पछिल्लो समयमा८० दिनदेखि अनसन बसेको बताए । अर्यालले भने, ‘हत्यामा संलग्नलाई कारबाही हुनुपर्छ भन्दा अधिकारी परिवार गोरखाको फुजेलबाट विस्थापित हुनु प¥यो ।’ उनले काठमाडौं आउँदा पनि उनीहरूलाई धेरै षड्यन्त्र गरिएको, हत्कण्ड मच्चाइएको, जिउज्यान सम्मलिने अवस्था आएपछि अधिकारी दम्पति अनशनमा बसेको उल्लेख गरे ।
गंगामायाको स्वास्थ्य अवस्था निकै गम्भीर भएको जानकारी दिँदै गंगामायालाई ७ दिनदेखि घाँटीबाट चिरेर सेन्टल भेनबाट स्लाइनदिएको बताए । सरोकारवाला निकाय, राज्य, न्यायको लागि हेर्ने बोल्ने निकाय कुनै निकाय पनि उनको प्रत्यक्ष रुपमा जीवन रक्षाको लागिनलागेको प्रतिअर्यालले आलोचना गरे ।
२०६४ साल जेठ २४ गते चितवनको वकुलरमा हत्या भएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नहरूलाई कानुनबमोजिम कारबाहीको मागगर्दै अधिकारी दम्पति अनशन बसेका थिए । न्यायका लागि अनशनरत नन्दप्रसाद अधिकारीको ३ सय ३४औं दिनमा २०७१ सालअसोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।